मलेसियामा रहेका शव ल्याउने पहल जारी छ ः बोर्ड

काठमाडौ– वैदेशिक रोजगारीका लागि मलेसियमा मृत्यु भएका नेपाली श्रमिकको शब नेपाल ल्याउन विषयमा प्रयास भइरहेको वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले जानकारी दिएका छन् । प्रभाव दैनिकसँगको कुराकानीमा सुवेदीले कोरोनाका कारण विमान मलेसिया जान नसकेका कारण शब ल्याउन काममा केही ढिलाइ भएको बताएका हुन् ।

अहिले मलेसियामा १५ जना श्रमिकको शब रहेको र नेपालबाट विमान नगएका कारण ल्याउन नसकिएको सुवेदीले जानकारी दिएका छन् । शब ल्याउनका लागि वाइडबडी विमान नै आवश्यक पर्ने भएकाले नेपालबाट विमान नगएकाले शब ल्याउनमा ढिलाइ भएको उनको भनाइ छ । यस विषयमा परराष्ट्र मन्त्रालयमार्फत पहल भइरहेको सुवेदीले बताए ।

‘बोर्डले शब ल्याउने विषयमा पहल गरिरहेको छ, हामीहरु श्रमिकको विषयमा गम्भीर छौँ,’ सूचना अधिकारी सुवेदीले भने । बोर्डले विदेशमा मृत्यु भएका कामदारको शब उनीहरुको घरसम्म पुर्याउनेसम्मको कामको जिम्मेवारीमा कुनै कसर बाँकी नराखेको उनले बताए । विदेशमा रहेका शब ल्याउने विषयमा बोर्डमा इमेल, फोन तथा स्वंय उपस्थित भएरसमेत निवेदन आइरहेको र साहीअनुसार आपूmहरुले प्रक्रिया अगाडि बढाउने गरेको उनले जानकारी दिएका छन् ।

विदेशमा अन्त्यष्टि गर्दा परिवारले केही बढी रकम पाउने कारणले शब विदेशमा रोकिएको हो भन्ने प्रश्नमा सूचना अधिकारी सुवेदीले भने, ‘कोरोनाका कारण शब ल्याउन नसकेको अवस्थामा परिवारको सहमति लिएर उतै अन्त्यष्टि गर्ने काम भएको भए पनि अहिले नेपालनै ल्याउन काम भइरहेको छ ।’ कोरोनाको समयमा शब उतै अन्त्यष्टि गर्दा परिवालाई थप ५० हजार बढी रकम प्राप्त हुने गरेको पनि उनले जानकारी दिएका छन् । अहिले मलेसियामा विमान जान नसकेकै कारणले मात्र शब ल्याउने काम रोकिएको र अन्य देशमा मृत्यु भएका कामदारको शब ल्याउने काम निरन्तर रुपमा भइरहेको पनि उनले बताएका छन् ।

विदेशमा कानुनी प्रक्रिया पूरा गर्ने समय लाग्ने भएकाले कही पनि शब ल्याउनमा केही ढिलाई हुने गरेको उनको भनाइ छ । अहिले साउदीमा २१ वटा शब रहेको र ८ वटा शबको सबै प्रक्रिया पूरा गरी नेपाल ल्याउने अन्तिम तयारी भइरहेको सूचना अधिकारी सुवेदीले बताएका छन् । त्यस्तै कतारमा ४ जना, युएईमा ३ जना र कोरियामा एक जनाको शब रहेको र नेपाल ल्याउन पहल भइरहेको उनको भनाइ छ ।

 

Published On: Time : 6:36:12  

तपाईको प्रतिक्रिया