नेतान्याहु १२ वर्षपछि प्रधानमन्त्री निवासबाट बहिर्गमित


तेल अभिभ–इजरायलका निवर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले झण्डै १२ वर्षपछि प्रधानमन्त्रीको सरकारी निवास छोडेको छ ।
इजरायलको राजधानी जेरुसेलमको बाल्फोर सडकमा रहेको प्रधानमन्त्री निवास उनले सपरिवार खाली गरिदिएको हो ।
प्रधानमन्त्री निवासबाट नेतान्याहुको सपरिवार बहिर्गमनको विषयलाई स्थानीय सञ्चारमाध्यमले आइतबार खुवै महत्वका साथ प्रकाशन तथा प्रसारण गरेका छन् । प्रधानमन्त्री निवासबाट केही सामानसहित ट्रक बाहिरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । ती ट्रक शनिबार बेलुकादेखि नै बाहिरिएको देखिएको थियो ।
प्रधानमन्त्रीबाट पदमुक्त भएपछि अहिले उहाँ देशको प्रमुख विपक्षी दलको नेता बनेको समाचारमा जनाइएको छ । प्रधानमन्त्री निवासबाट निस्केपछि उनी शाब्बातमा रहेको उनकै आफ्नै घरमा बस्न लागेको छ । प्रधानमन्त्री पदबाट मुक्त भएको झण्डै एक महिनापछि उहाँ प्रधानमन्त्री बस्ने सरकारी निवासबाट बाहिरिएको हो ।
विषेश एक सम्झौतापछि उनको सट्टामा इजरायलमा अहिले नाफ्ताली बेन्नेट प्रधानमन्त्री बन्नु भएको छ । उनले यही जुन १३ मा प्रधानमन्त्रीको जिम्मेबारी सम्हालेको थियो । (रासस-एएनआई)

 

Published On: Time : 3:21:58  

तपाईको प्रतिक्रिया