केसीको सिद्धान्तअनुरूप साख धरौटीमा आर्थिक कारोबार


साख सम्पत्तिलाई लाखमा बदल्ने, देशभित्र रहेको अचल सम्पत्तिहरूलाई तरलीकृत रूपमा आर्थिक कारोबार गरौँ भन्ने तथ्यलाई आत्मसात् गर्दै राज्यले आमनागरिकको सम्पत्तिलाई सदुपयोग गर्न सक्नु पर्दछ । यसका लागि देशमा राज्यले विनिमय विपत्र स्रोत साध्य अभिलेखको आधारमा साख प्रमाण पत्र जारी गर्न सक्छ । Central Bank द्वारा मौद्रिक नीतिमा आवश्यक रूपान्तरण हुँदै पृथक बैंकिङ नीतिसहित साख सम्पत्तिको प्रावधानहरूलाई नीतिगत रूपमा लागू गर्नु पर्दछ । नेपालको बैंकिङ प्रणालीमा बैंकहरूको नीतिगत केन्द्रीय बैंक राज्यको प्रधान बैंकको रूपमा संचालन गरेको हुुनु पर्दछ । बैंकहरूको बैंकको रूपमा स्थापित बैंकहरूको समष्टिगत व्यवस्थापक राष्ट्रिय बैंक हुनु पर्दछ । देशको मुख्य राष्ट्रिय बैंकले विभिन्न प्रतिनिधि बैंकहरूसँग समन्वय र आर्थिक नीति तर्जुमा गरी आर्थिक कारोबारहरूलाई व्यवस्थापन गर्नु पर्दछ ।

यसैगरी बैंकहरूको नियमित कारोबार प्रतिनिधि बैंक स्थापित गरी आर्थिक क्षेत्रमा निक्षेप संकलन र कर्जा लगानी गर्न मुख्य बैंकको प्रतिनिधिको रूपमा स्थापित भई आर्थिक कारोबार गर्नु पर्दछ । यस्ता बैंकहरूले subordinate अथवा मुख्य बैंकको domain bank को कार्यक्षेत्रमा रही काम गर्ने छ । यस बैंक mediator bank दबलप पनि भन्न सकिन्छ । देशमा यस बैंकिङ प्रणालीको आधारबाट केन्द्रीय बैंकले मुद्रा तरलता र संकुचन कायम गर्न सक्छ । जुन बैंकहरूबाट जनताले स्वतन्त्र रूपमा साख पत्रको आधारमा आर्थिक कारोबार गर्न सक्नेछन् ।

कुनै पनि व्यक्ति वा कम्पनीले कर्जा प्राप्त गर्नका लागि अचल सम्पत्तिलाई साख सम्पत्तिको रूपमा तरलीकृत गरिनु पर्दछ । आवश्यक अचल सम्पत्तिको स्रोतहरूबाट लगत संकलन र व्यवस्थापन गरी एकमुष्ठ सम्पत्ति मूल्यांकनको आधारमा आवश्यक आर्थिक तरलतालाई परिपूर्ति गर्न साख प्रमाण पत्र प्रदान गर्न सक्छ । राज्यले साख सम्पत्ति दर्ता पूर्जाको अनुपातमा राष्ट्रिय बैंकले मुद्रा तरलीकृत गर्दै साख प्रमाण पत्र जारी गर्न सक्छ । देशमा स्थापित राष्ट्रिय बैंकले सो साख प्रमाणको आधारमा साख कर्जा पत्रको आधारमा साख कर्जा मूल्य बराबरको रकम जम्मा गर्न सक्नेछ ।

साख सम्पत्ति दर्ता मूल्यांकनको बराबरमा मुद्रा रूपान्तरण गरी credit receipts साख पत्र वा पूर्जा प्रदान गर्दछ । साख दर्ता पूर्जामा अंकित रकमअनुसार बैंकले ७० प्रतिशत प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्छ । साख पत्रको आधारमा धरौटी कर्जा वितरण गर्न सक्ने नीति अवलम्वन गर्न सकिन्छ । आर्थिक तरलताको रूपमा साख पत्रलाई विभिन्न बैंकहरूले मुल साख पत्र जारी गर्ने मुख्य बैंकको स्वामित्वमा निहित अन्य आर्थिक करोवार गर्न सक्छ । यसका लागि समयावधिभित्रको लेनदेन प्रणालीमा साख सम्पत्तिको कारोबारलाई संचालन गर्न सकिन्छ ।

साख सम्पत्ति धरौटी कारोबारलाई Currency liabilities को रूपमा छोटो र लामो समयका लागि आर्थिक कारोबार गर्ने वातावरण सिर्जना गर्न सकिन्छ । साख धरौटी आर्थिक कर्जा लगानीमा सरकारले जनतासँग बैंकमार्फत आर्थिक ऋण लिन सक्छ । कृषि तथा सूक्ष्म उद्योगहरूमा ३ प्रतिशत कर्जा लगानी गर्न सकिन्छ । सेयर कारोबार गर्नका लागि ५ प्रतिशत र अन्य विलासी वस्तु खरिद कर्जामा १२ प्रतिशतमा कर्जा प्राप्त गर्न सक्छन् । यसका लागि जुन बैंकमार्फत साख प्रमाणपत्र जारी हुन्छ त्यस बैंकको शाखाहरूबाट credit recipes account ( CRA) खाताबाट आन्तरिक कारोबार हुनेछ । यसैगरी बैंकमार्फत साख दर्ता पूर्जालाई सेयरमा रूपान्तरण गर्न credit receipts जारी गर्न सक्छ ।

१) साख सम्पत्ति दर्ताः– जनताका कर्जा योग्य अचल सम्पत्तिहरूलाई एकद्वार प्रणालीमार्फत साख सम्पत्ति प्राधिकरणमा अधिनस्थ (धितो बन्धकी) गरिने ।
२) साख सम्पत्तिमा कर्जा प्राप्तः– प्रतिनिधि बैंकहरूमार्फत कर्जा वितरण गरिने ।
३) साख सम्पतिमार्फत सेयर लगानीः– credit receipts मार्फत लगानी गरिने ।
४) साख सम्पत्तिबाट अन्य आर्थिक कारोबारः– विविध पक्षमा आर्थिक कारोबारका लागि वातावरण निर्माण गरिने ।
साख मूल्य र सेयरको परिणामअनुसार आर्थिक कारोबार गर्न सकिन्छ । साख प्रमाण पत्र जारी गर्दा सम्पत्तिको स्वामित्व प्राधिकरणले आफ्नो मातहतमा अधिनस्थ गर्न सक्नेछ । यसैगरी आवश्यकताअनुसार सो साखलाई बैंक वा वित्तीय संस्था वा व्यक्तिलाई धितो बिक्री वा सेयरमा रूपान्तरण गर्न सक्छ ।
१ साख पत्र बराबर १ सेयर
१० साख पत्र बराबर १ ऋणपत्र
१० सेयर बराबर १ धितोपत्र

जसबाट साख सम्पत्ति तरलतालाई धरौटी कर्जाको रूपमा स्थापित गरी liabilities credit सिर्जना गर्न सकिन्छ । आफ्ना प्रतिनिधि बैंकहरूलाई liabilities को रूपमा लगानी गर्ने वातावरण निर्माण गर्न सक्छ । यसबाट सरकारको राष्ट्रिय बैंकले Assets को रूपमा मौद्रिक स्रोत प्राप्त गरी नाफा कमाउन सक्छ । जनता र बैंकहरूबीच सहज आर्थिक कारोबार गर्नका लागि द्यबलप Bank Liabilities लाई लगानी गर्न विभिन्न चरणमा साख सिर्जना गर्न सक्नेछ । परियोजना उत्पादन र विकास तथा आपूर्तिको आधारमा कुल गाह्र्रस्थ उत्पादन प्रतिशतमा अभिवृद्धि गर्न सक्छ । राष्ट्रिय बैंकको returns of Assets (ROA) मार्फत GDP प्रतिशत अभिवृद्धि गर्न साख सम्पत्ति र राष्ट्रिय बैंकको आर्थिक कारोबारलाई अर्थतन्त्रमा टेवा पुग्न सक्नेछ । उत्पादन र सेवाहरूको उत्पादन र मुद्राहरूको बराबरको माग र आपूर्ति सन्तुलन पर्दछ । यसका लागि आर्थिक समृद्धिका लागि निम्न कुराहरूलाई अवलम्वन गरिनु पर्दछ ।
१) Price: मूल्य नियन्त्रण सन्तुलन र अधिनस्त दरबाट बजार नियन्त्रण,
२) Population: लगानीकर्ता, कम्पनीहरूको सेयरधनी र आर्थिक कारोबारी,
३) Production: बस्तु उत्पादन,
४) Export: बस्तु निर्यात,
५) Inflation: मुद्रा स्फिति नियन्त्रण,
६) Exchange: साख पत्र तथा सेयर कारेवार,
७) Foreign currency reserves: वैदेशिक मुद्रा संचिति ।

अतः राज्यले साख प्रमाण पत्रको आधारमा मात्र कर्जा लगानी गर्ने नीति अवलम्वन गरेमा देशमा आन्तरिक आर्थिक स्रोतहरूको तर्जुमा गर्न सकिन्छ । नेपालमा सम्पन्न गरिने ठूला ठूला परियोजनाका लागि नेपालभित्र नै आर्थिक स्रोतहरू निर्माण गर्न सकिन्छ । विदेशबाट कमाइ हुने रेमिटयान्सलाई वैदेशकि मुद्रा संचिति गरी राख्न सकिन्छ ।

विदेशी मुद्राको भण्डारबाट देशको भुक्तानी सन्तुलन र वित्तीय बजारमा विश्वास कायम राख्नका लागि महत्वपूर्ण भूमिका हुन्छ ।Finance emergency or crisis disaster etc का लागि reserves को नीतिलाई सतर्कताका लागि अवलम्वन गरिन्छ । अतः अधिकतम् वैदेशिक मुद्रा आर्जन गर्नका लागि गैरआवसीय नेपालीहरूलाई डिपोजिटरी रिसिप्ट सेयर कारोबार मातहत बहुराष्ट्रिय कम्पनीको सेयरलाई डिपोजिटरी रिसिप्ट सेयर कारोबारमा लगानी गर्न सक्ने स्टक एक्स्चेन्ज कम्पनी संचालन गर्ने नीति अवलम्वन गरिनु पर्दछ ।
नेपालमाForeign direct Investment FDI मार्फत कुनै कम्पनीले लगानी गर्दछ भने सो लगानीकर्ता कम्पनीको सेयर खरिद बिक्री गर्न नेपालभित्र विशेष सेयर बजार स्थापित गर्न आर्थिक वातावरण निर्माण हुनु पर्दछ । आर्थिक लगानी गर्ने वहुराष्ट्रिय कम्पनीको विदेशी राष्ट्रको बैंकहरूसँग सम्बन्धन गरी डिपोजिटरी रसिप्टिका लागि कारोबार बजार स्थापित गर्न सकिन्छ । यसका लागि डलरकोअनुपातमा 1 DR=12 सेयर कायम गरी डिपोजिटरी रिसिप्टको साधारण सेयर कारोबार गर्न सकिन्छ ।

देशको आर्थिक वृद्धिदरलाई उच्च राख्नका लागि बस्तु सुन र सेवा Goods, Gold and Services को नीतिलाई अवलम्वन गरिनु पर्दछ । सेवा सुन र उत्पादनको वृद्धि गर्नका लागि साख सम्पत्तिलाई तरलीकृत स्रोतलाई परिचालन गर्ने नीति अवलम्वन गरिनु पर्दछ । यस नीतिबाट साख सम्पत्ति धरौटी कर्जा रकमलाई अधिकतम् उत्पादन र सुन आयातका लागि रेमिट्यान्स र सेवा स्रोतका लागि प्रविधि उपजको उपयोग गरिन्छ । जसबाट विदेशी मुद्रालाई संचिति गरिने छ ।

विश्व आर्थिक प्रणाली कुल गाह्र्रस्थ उत्पादनमा निहितfloating system मा आर्थिक समृद्धिमा निर्भर रहे तापनि राज्यले सुनको सम्पत्ति वा विदेशी मुद्रालाई प्रत्याभूतिको रूपमा राख्न र Income of remittance लाई बचतमा स्थापित गर्र्न सुन भण्डारण नीतिलाई अवलम्वन गरिनु पर्दछ । साख सम्पत्ति कर्जा लगानीबाट उत्पादन र सेवा रेमिटयान्स आम्दानीबाट सुन भण्डारण गर्न न्यमि दबलप समेतको स्थापना गर्नु पर्दछ ।

अतः देशमा संकुचन यस्तो पनि नहोस्, आर्थिक गति हिँडन नसक्ने । तरलता यस्तो पनि नरहोस्, महँगीका कारण जीवन बाँच्न गाह्रो भइदिने ! यसकारण राज्यले यस तथ्यलाई आत्मसात् गर्दै केन्द्रीय बैंकको मौद्रिक नीतिअनुरूप साख सम्पत्तिलाई तरलतामा रूपान्तरण गरी आर्थिक नियन्त्रण गरी आन्तरिक आर्थिक स्रोत परिचालन गर्न सक्छ । यस आर्थिक नीतिबाट केन्द्रीय र राष्ट्रिय बैंकले आम्दानी गर्नका लागि आफैँबाट आर्थिक बजार सिर्जना गर्न सक्नेछ । यसैगरी अन्य प्रतिनिधि बैंकहरूले पनि बजारमा स्थापित भई नाफा आर्जन गर्न सक्नेछन् । तर पंक्तिकारको सिद्धान्तअनुसार जनताको सम्पत्ति बैंकहरूले धितो राख्ने र लिलाम गरी Bank Assets को रूपमा जम्मा गर्न भने पाउने छैनन् ।
(लेखक अग्रगामी राष्ट्रवाद तथा people’s supremacy का सद्धान्तकार हुन् ।)

Published On: Time : 4:09:35  

तपाईको प्रतिक्रिया