रिभाइभ लिजरपार्क ब्याडमिन्टन च्याम्पियनसिप


काठमाडौं — रिभाईभ लिजरपार्कको स्थापना दिवसका अवसरमा ब्याडमिन्टन च्याम्पियनसिपको आयोजना गर्ने भएको छ । आफ्नो स्थापना दिवसका अवसरमा लिजरपार्कले आगामी असोज १ देखि आफ्नै कभर्डहलमा हुने जनाइएको छ । प्रतियोगिताको घोषणाका लागि लिजरपार्कले एक पत्रकार सम्मेलनको आयोजना गरेको थियो । च्याम्पियनसिपमा पुरुष एकल, महिला एकल, शिर्ष २० देखि बाहेकका पुरुष युगल र ४० बर्ष माथिीका भेटरान्स युगल गरि ४ विधामा खुल्ला प्रतिस्पर्धा हुनेजनाइएकोछ ।

च्याम्पियनसिपमा राष्ट्रिय खेलाडीहरु, प्रदेश र जिल्ला, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरि तीन विभागिय टिम, विभिन्न संघ संस्था, क्लब, नेपालमा बसोबास गर्दै आईरहेका विदेशी खेलाडीहरुलाई पनि सहभागिता गराईने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । नेपाल ब्याडमिन्टन संघको स्विकृती तथा प्राविधिक सहयोगमा हुने च्याम्पियनसिपमा २०० बढि खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएका छन् ।

करिव १७ लाख अनुमानित बजेट रहेको च्याम्पियनसिपमा विजयी खेलाडी तथा टिमलाई नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । पुरुष एकल र महिला एकलका विजयी शिर्ष तीनले नगद ५० हजार, २५ हजार र १० हजार प्राप्त गर्ने छन् । यस्तै पुरुष युगल तर्फ शीर्ष तीन स्थान प्राप्त जोडीले नगद ५० हजार, २५ हजार र १० हजार तथा ४५ बर्ष माथीको भेटरान्स युगल तर्फ शिर्ष तीन जोडीले नगद २५ हजार, १५ हजार र ५ हजार प्राप्त गर्नेछन् ।

च्याम्पियनसिपका दौरान कोभिड १९ को उच्च संक्रमणलाई ध्यानमा राखी सम्पूर्ण सरकारी मापदण्डलाई पालाना गर्दै प्रतियोगिता आयोजना गरिने आयोजकले जानकारी गराए । प्रतियोगितामा सहभागी खेलाडीहरुका लागि बसोबास, यातायात र खानाको ब्यवस्था सहभागी खेलाडी, क्लब, जिल्ला तथा प्रदेश स्वयंगले गर्नु पर्ने छ । करिव १८ करोड लगानी रहेको रिभाईभ लिजर पार्क हेल्थ क्लबको कम्पाउण्ड भित्र ब्याडमिन्टन हल, जुडो, कराते, उसु हल, स्विमिङ्गपुल, जिम, जुम्बा हल, साउना स्टिम, मसाज थेरापी, सैलुन पार्लर लगायत बि.एण्ड बि. रुम, सेमिनार, पार्टिहल सहित रेस्टुरेण्ट समेत रहेको छ ।

Published On: Time : 3:15:23  

तपाईको प्रतिक्रिया