शुभप्रवाको १२औँ साधारणसभा


काठमाडौं– शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिट को–अपरेभिट लिमिटेडको नाफा १ करोडभन्दा बढी पुगेको छ । शनिबार १२ औँ साधारण सभामा प्रस्तुत गरिएको आयव्यवको प्रतिवदेमा संस्थाको नाफा १ करोड ६ लाख २ हजार ३ सय ८३ रूपैयाँ १९ पैसा पुगेको जानकारी गराइएको हो ।

यो वर्ष गत वर्षको भन्दा ५३ लाख ४५ हजार ६ सय ४० रूपैयाँले नाफा बढेको छ । जुन ४९.५८ प्रतिशतले बढी हो । यस्तो नाफा गत वर्ष ५२ लाख ५६ हजार ७ सय ४३ रूपैयाँ ९९ पैसा रहेको थियो । साधारण सभामा संस्थाको आर्थिक वर्ष ०७७/७८ मा जगेडा कोषमा २६ लाख ५० हजार ५ सय ९५ रूपैयाँ पुगेको जनाइएको छ । जगेडा कोषमा गत वर्ष १३ लाख ९१ हजार ९ सय ६१ रूपैयाँ ८७ पैसा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै संस्थाको सबै निक्षेप सूचक यो वर्ष बढेको संस्थाका प्रमुख कार्यकारी निर्देशक फणिन्द्र कुमार खड्काले बताएका छन् । यो वर्ष संस्थाको शेयर पुँजी, निक्षेप संकलन, कर्जा लगानी, जोखिम व्यवस्थापन कोषलगायत सबै सूचक विगत वर्षको भन्दा उलेख्य मात्रामा धनात्मक रहेको उनले बताए ।

साधारण सभावको उद्घाटन कांग्रेस नेता तथा पूर्व अर्थमन्त्री डा.रामशरण महतले गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै महतले सहकारी अर्थतन्त्रको खम्बामध्ये एक भएको भन्दै राज्यले सहकारीलाई प्राथमिकतामा राख्नु पर्ने बताए । सरकारले सैद्धान्तिक रूपमा कुरा गरे पनि व्यवहारमा सहकारी संस्थाहरूलाई प्राथमिकता दिन नसकेको उनले बताए । सरकारले सहकारीलाई पनि आर्थतन्त्रको एक खम्बाका रूपमा लिएर देश विकासमा लगाउन सक्नुपर्ने उनको धारणा थियो । सहकारीको अनुगमनसमेत हुन नसकेको भन्दै यसतर्फ पनि सरकारले ध्यान दिनुपर्ने र सहकारी आँफै पनि सुशासनमा चल्लु पर्ने उनको भनाइ रहेको छ ।

कार्यक्रम संस्थाका अध्यक्ष विदुर बस्नेतको अध्यक्षता र पूर्व अर्थमन्त्री रामशरण महतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । संस्थाको आयव्ययको प्रतिवेदन संस्थाका प्रमुख कार्यकारी निर्देशक फणिन्द्र कुमार खड्काले प्रस्तुत गरेका थिए ।

Published On: Time : 3:22:36  

तपाईको प्रतिक्रिया