संघको साधारणसभा सम्पन्न


काठमाडौं– नेपाल चलचित्र कलाकार संघको १८औा साधारणसभा शनिबार काठमाडौंमा सम्पन्न भएको छ । समारोहमा संघका अध्यक्ष एवं समारोहका सभापति रविन्द्र खड्काले आफूले पदभार ग्रहण गरेपछि हालसम्म संघले गरेका गतिविधि र कार्य प्रगतिबारे विस्तृतमा प्रकाश पारेका थिए । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले समारोहलाई सम्बोधन गर्दै दशैंअघि नै नेपालभरका सिनेमा हलहरू खुल्ने जानकारी गराउंदै बोर्डले गरेका अन्य महत्वपूर्ण कामहरूको बारेका जानकारी गराएका थिए ।

अध्यक्ष दाहालले मरणोप्रान्त विशिष्ट श्रेणीका कलाकारहरूलाई सरकारले सम्मान गर्ने, विशिष्ट श्रेणीका कलाकारहरूको लागि स्वास्थ्य बिमाको व्यवस्था गर्ने, युवा चलचित्रकर्मीहरूलाई अन्तर्राष्ट्रिय संस्थाहरूसागको समन्वयमा आयोजित कार्यशालाहरूमा सहभागी गराउने, क्षेत्रीयस्तरमा चलचित्र महोत्सवहरूको नियमित आयोजना गर्ने, बोर्डमा चलचित्र क्षेत्रको चुस्त–दुरुस्त आधिकारिक अभिलेखलाई डिजिटल प्रविधिमा राख्नेलगायतका कामहरूको पहल भइरहेको र यी मध्ये कतिपय काम अन्तिम चरणमा पुगेको जानकारी गराए ।

समारोहमा अभिनेत्री वसुन्धरा भुसालले कलाकार संघले आयोजना गरेका कार्यक्रम तथा चलचित्रकर्मीहरूको देहावसान हुादासमेत श्रद्धाञ्जली दिन नआउने कलाकर्मीहरूप्रति असन्तुष्टि व्यक्त गरिन् । कलाकार मदनदास श्रेष्ठले समारोहमा नाम चलेकै धेरैजसो कलाकारहरू अनुपस्थित रहेकोप्रति आक्रोश व्यक्त गर्दै आफूलाई समस्या पर्दा संघ चाहिने तर यत्रो साधारणसभामा नआउने भन्दै उनीहरू यसरी संस्थालाई बेवास्ता गर्छन् भने त्यस्ता कलाकारलाई संघले पनि वास्ता गर्न नहुने विचार व्यक्त गरे ।

समारोहमा कृष्ण मल्लले भने मनगढन्ते उपाधि लिने र दिनेहरूप्रति असन्तुष्टि व्यक्त गर्दै इतिहासको सबैभन्दा कठिन अवस्थाबाट गुज्रिरहेको बेला महानायक र महानायिकाको आत्मरतिमा रमाइरहेको आरोप लगाए उनले भने, ‘यदि तपाईंहरू महान हुनुहुन्छ भने फिल्म चलाएर देखाउनुस् न, तपाईंहरू महान होईन, दर्शक महान हुन् ।’ समारोहमा लय संग्रौला, कृष्ण मल्ललगायतका वक्ताहरूले संघको वर्तमान कार्यसमितिले गरेका राम्रा कामहरूको खुलेर प्रशंसा गरेका थिए ।

Published On: Time : 2:53:46  

तपाईको प्रतिक्रिया