प्रशिका भइन् मिस कोशी


विराटनगर– छौठौं संस्करणको मिस कोशीको उपाधि भोजपुरकी प्रशिका श्रेष्ठले जितेकी छन् । सुनसरीको इटहरी सम्पन्न मिस कोशीको फाइनलमा २९ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रशिकाले मिस कोशीको ताज जितेकी हुन् । विजेता प्रशिकाले उपाधिसागै स्कुटर र विभिन्न गिफ्ट ह्याम्पर पनि प्राप्त गरिन् । उनलाई कार्यक्रमकी प्रमुख अतिथि अभिनेत्री रेखा थापाले स्कुटरको सााचो र गिफ्ट ह्याम्पर प्रदान गरेकी थिइन् ।

जय मिडिया म्यानेजमेन्ट प्रालिले आयोजना गरेको प्रतियोगिताको ‘अर्गनाइजेसन च्वाइस’को विजेता झापा चारआलीकी पेरिसा बुढाथोकी घोषित भइन् । प्रतियोगिताको ‘फस्ट रनरअप’ विराटनगरकी आयुषा आचार्य, ‘सेकेण्ड रनरअप’ मोरङ बेलबारीकी प्रतिक्षा कार्की र ‘थर्ड रनरअप’ विराटनगरकी अनुपा विष्ट घोषित भएको जय मिडिया म्यानिजमेन्ट प्रालिकी प्रबन्ध निर्देशक निशा खतिवडाले जानकारी दिइन् ।

प्रतियोगितामा ‘मिस ट्यालेन्ट’को अवार्ड आयुषा आचार्य, ‘मिस डिसिप्लेन’ पूर्णिमादेवी घिमिरे, ‘मिस फोटोजेनिक’को अवार्ड आकृति गिरीले जितिन् । यस्तै ‘मिस फ्रेण्डसीप’ एन्जिला पन्त, ‘मिस क्याटवक’ रिजा तामाङ, ‘मिस ब्युटी विथ ब्रेन’ आयुषा आचार्य घोषित भइन् भने ‘मिस पब्लिक च्वाइस’को अवार्ड पेरिसा बुढाथोकीले जितिन् ।

यस्तै ‘मिस मल्टिमिडिया’ प्रतिक्षा कार्की, ‘मिस पपुलर’ दीपा साह, ‘मिस स्माइल’ प्रशिका श्रेष्ठ, ‘मिस कन्फिडेन्ट’ प्रकृति फुयाल, ‘मिस ब्युटिफुल’ सन्तोषीमाया श्रेष्ठ घोषित भएकी थिइन् । प्रतियोगिताको निर्णायकहरूमा विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्की, मिडिया क्षेत्रबाट विकास लामिछाने, कानुन व्यवसायी राजुबाबु ढकाल, मोडल आकांक्षा विश्वकर्मा रहेका थिए ।

Published On: Time : 2:54:49  

तपाईको प्रतिक्रिया