एमाले विधान महाधिवेशनः उपमहासचिव कायम, उमेरहदको व्याख्या

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को प्रथम विधान महाधिवेशनले राजनीतिक र सांगठनिक प्रतिवेदन सुझावसहित पारित गर्दै आइतबार सम्पन्न भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि सुरु भएको सम्मेलनले १६ बुादै प्रस्तावसमेत पारित गरेको छ । ६ हजार बढी प्रतिनिधि सहभागी विधान महाधिवेशनको अन्तिम दिन आइतबार विभिन्न पााचवटा समूहले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गरिसकेपछि अध्यक्ष केपी ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिएका थिए ।

महाधिवेशनको पहिलो दिन अध्यक्ष ओलीले राजनीतिक, पोखरेलले सांगठानिक र पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव पेस गरेका थिए । तीनवटै प्रस्तावउपर १० वटा समूह बनाई छलफल गरिएको थियो । छलफलका लागि शनिबार चारघन्टाको समय दिइएको थियो । शनिबार नै पााचवटा समूहले निष्कर्ष प्रस्तुत गरेका थिए । विधान महाधिवेशनले पार्टीमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद थप गरेको छ । उपमहासचिव पौडेलले केन्द्रीय पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पााच उपाध्यक्ष, महासचिव, एकजना उपमहासचिव र सातजना सचिव रहने व्यवस्था गरिएको बताए । संशोधित विधानअनुसार एमालेको पदाधिकारी संख्या १५ हुनेछ । स्थायी कमिटी ४५ सदस्यीय हुनेछ ।

यसअघि विधान संशोधन प्रस्तावमा एक अध्यक्ष, पााच उपाध्यक्ष, एक महासचिव र ६ जना सचिव गरी १२ जना पदाधिकारी रहने व्यवस्थासहितको प्रस्ताव गरिएको थियो । एमालेमा २२५ जनाको केन्द्रीय कमिटी रहने विधान संशोधनमा गरिएको छ । यस्तै महानगरपालिकामा १०१ नगरकमिटी, उपमहानगपालिकामा ८५, नगरपालिका र गाउापालिकामा ७५ कमिटी रहने उनले जानकारी दिए । एमालले सबै कमिटीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गराउने विधान पारित गरेको छ । त्यस्तै, लेखा परीक्षण आयोगको नाम लेखा आयोग भएको छ । उपमहासचिव पौडेलले महाधिवेशनमा प्रवासबाट पााच प्रतिशत सहभागिताको माग उचित भएको उल्लेख गर्दै प्रवासका नेपालीलाई संगठित गर्न विशेष व्यवस्था गरिने बताए । महाधिवेशनले डा. विजय सुब्बाको अध्यक्षतामा १५ सदस्यीय निर्वाचन आयोग सर्वसम्मतिले गठन गरेको छ । जसमा महेश नेपाल, सानुराज पोखरेल, बाबुराम दाहाल, कुन्साङ लामा, रिता सिम्खडा, रञ्जु ठाकुर, भरत पोखरेल, टंक उप्रेती, सुमित्रा बिसी, पवित्रा निरौला, केवालाल चौधरी, विमला विश्वकर्मा र हिमकला गैरे सदस्य रहेका छन् ।

महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले एमालेको नयाा लोगो र नेकपा एमाले ‘एप्स’को समेत आरम्भ गरेका थिए । महाधिवेशन हलमा अध्यक्ष मण्डलका तर्फबाट सदस्य रघुजी पन्तले विभिन्न समसामयिक प्रस्ताव प्रस्तुत गरेका थिए । एमालेको आगामी १०औा महाधिवेशन बुटवलमा गर्ने पनि जानकारी गराइएको छ ।

७० वर्षे उमेर हदको व्याख्या
एमालेमा उमेर हदको विषयमा छलफल चलिरहेको छ । यसअघि नवौा महाधिवेशनले पार्टीमा ७० वर्षे उमेरहद कायम गरेको थियो । ७० वर्ष उमेर पुगेकाले सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने प्रावधान राखिएकाले तत्कालीन नेताहरू भरतमोहन अधिकारी र सिद्धिलाल सिंहलगायतले महाधिवेशनमा उम्मेदवार बन्न बन्चित हुनु परेको थियो । अधिकांश कार्यकर्ताले पार्टीमा उमेरहद कायम हुनुपर्ने माग गरिरहेका बेला विधान महाधिवेशनले यस विषयमा नयाा व्याख्या गरेको छ ।

विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उपमहासचिव पौडेलले विधानतः पार्टीमा ७० वर्षको उमेर हदका सम्बन्धमा स्पष्ट पारे । उनले उनले पार्टीको कार्यकारी पदमा ७० वर्ष पूरा नभएसम्म उम्मेदवार हुन पाउने र कार्यकाल पूरा नहुादै उमेर हद पूरा भएका कारण जिम्मेवारीबाट हट्न नपर्ने स्पष्ट गरे । उनले एउटै व्यक्ति कुनै एउटा पदमा दुई कार्यकालभन्दा बढी पटक उम्मेदवार हुन नपाइने विधानमा स्पष्ट व्यवस्था हुने जानकारी गराएका छन् ।

‘जबज कठिन वर्गसंघर्षबाट प्रतिपादित सिद्धान्त’
प्रतिनिधिहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष ओलीले जनताको बहुदलीय जनवाद कठिन वर्गसंघर्षबाट प्रतिपादित सिद्धान्त रहेको उल्लेख गरेका छन् । उनले समाजवाद निर्माणका लागि पार्टीको स्पष्ट धारणा रहेको पनि बताएका छन् । श्रमजीवी वर्गको हित रक्षाका लागि सिद्धान्त र व्यवहारलाई अघि बढाउँदै कार्यक्रमका रूपमा आएको जनताको बहुदलीय जनवादलाई अहिले मार्गदर्शक सिद्धान्तका रूपमा पार्टीले अंगिकार गरेको र यसले द्वन्द्वात्मक भौतिकवाद र बहुदलीय प्रतिस्पर्धालाई अवलम्वन गरेको भन्दै उनले यले जडसूत्र नभएकाले जीवनको गतिसागै परिवर्तनलाई आत्मसात गरेको स्पष्ट पारेका छन् ।

नेपाली समाज समाजवाद उन्मुख दिशामा रहेको प्रसंग उल्लेख गर्दै उनले ‘नागरिकले सम्मानजनक जीवनयापन गर्न पाउने अधिकारसहितको अवस्था सिर्जना गर्नु नै समाजवादउन्मुख अवस्था हो,’ भने । त्यसतर्फ आफू नेतृत्वको सरकारले धेरै काम गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले नागरिकका आधारभूत अधिकारका रूपमा रहेको गास, बास, आवास, शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा उल्लेखनीय काम भएको स्मरण गरे । समाजवादमा पुग्न राष्ट्रिय पुाजीको विकास गर्न एमाले प्रतिबद्ध रहेको बताउादै उनले सम्पूर्ण कार्यकर्तालाई उत्पादनमूलक कार्यमा जोडिन आह्वान गरे ।

अध्यक्ष ओलीले हाम्रो पार्टी व्यक्तिपूजक नभएको भन्दै यसले सामूहिकतामा विश्वास गर्ने र त्यही अनुरूप पार्टी सञ्चालन गर्ने बताएका छन् । एमालेमा अध्यक्ष ओलीलाई देवत्वकरण गरिएको भन्दै आलोचना भइरहेका बेला उनले सांगठनिक अराजकतालाई अन्त्य गर्ने स्पष्ट पारेका छन् । उनले आफ्नो कुनै व्यक्तिगत स्वार्थ नरहेको र पार्टीलाई आगामी निर्वाचनमा स्पष्ट बहुमतमा पुर्‍याउने एकमात्र ध्येय रहेको बताउादै अहिले पनि ५१ प्रतिशत जनता एमालेको पक्षमा रहेको दाबी गरे ।

अध्यक्ष ओलीले पार्टीमा योग्यता, क्षमता र योगदानका आधारमा जिम्मेवारी दिने विषयमा कुनै भेदभाव नहुने बताउादै भ्रममा परेका र बाटो बिराएका नेता–कार्यकर्तालाई मूलघरमा फर्कन आह्वान गरे । उनले विधान महाधिवेशनमा सहभागी नेता कार्यकर्तालाई छिट्टै हुने स्थानीय तहको निर्वाचनका साथै तीनै तहका निर्वाचनमा पार्टीलार्ई विजयी बनाउन सक्रियताकपूर्वक लाग्न पनि निर्देशन दिए । उनले वर्तमान सरकार बेहाल अवस्थामा रहेको टिप्पणी गर्दै यसले दक्षिणतिर फर्केर बोल्न पनि नसक्ने अवस्थामा रहेको बताए ।

Published On: Time : 3:09:03  

तपाईको प्रतिक्रिया