ओमानमा सतर्क रहन अपिल


काठमाडौं– ओमानमा रहेको नेपाली दूतावासले त्यहाा रहेका नेपालीहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ । अरब सागरमा केन्द्रविन्दु बनाएर शाहीन नामको ट्रपिकल चक्रवात सुरु भएको भन्दै दूताबासले सतर्कता अपनाउन आफ्ना नागरिकलाई अनुरोध गरेको हो ।

चक्रवातको असर ओमानको राजधानी मस्कटसम्म पर्ने त्यहााको विपद् पूर्व सतर्कता केन्द्रले जनाएको दूताबासद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । ओमानको विपद् पूर्वसतर्कता केन्द्रका अनुसार मस्कटभन्दा ६ सय ५० किलोमिटर टाढा अरब सागरमा सुरु भएको चक्रवात तीव्र गतिमा ओमान सी तथा मस्कट तटीय क्षेत्रतर्फ आइरहेको बताइएको छ । चक्रवातका कारण ठूलो हावाहुरी आउने र भिषण पानी पर्ने सम्भावना रहेको बताइएको छ । त्यहाा करिब ६ सय मिलिमिटरसम्म वर्षा हुनसक्ने बताइएको छ ।

मस्कट तथा मस्कटको उत्तरी क्षेत्रमा दुई/तीन दिनसम्म यसको प्रभाव पर्ने पूर्व सतर्कता केन्द्रले जनाएको छ । यो समयमा समुन्द्रको तहमा वृद्धि हुनसक्ने भएकाले समुन्द्र नजिक नजान र आफ्नै आवासमा सुरक्षित रहन पनि दूताबासले आग्रह गरेको छ ।

Published On: Time : 3:10:46  

तपाईको प्रतिक्रिया