बिगाेसोको दोस्रो चरणको आन्दोलन घोषणा

प्रकाशित मिति :  228 पटक हेरिएको

काठमाडाैं –  ब्रिटिश–गोर्खा भूतपूर्व सैनिक संगठन (बिगाेसो), सिङ्गापुर गोर्खाज विभागले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

बेलायत सरकारबाट अवकाश पाएका भूतपूर्व गोर्खा सैनिक संगठनले आफ्ना मागहरु सरकारले पूरा नगरेको भन्दै  बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असार ३ गते दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै ब्रिटिश–गोर्खा भूतपूर्व सैनिक संगठन सिङ्गापुर गोर्खाज विभागका प्रमुख पलबहादुर घर्तीले असार ३ गते १ बजेदेखि २ बजेसम्म काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा शान्तिपूर्ण आन्दोलन गर्ने बताएका छन्  ।

सिङ्गापुर प्रहरीबाट अवकाश प्राप्त भूपु सैनिकलाई सिङ्गापुरका सैनिकसरह तलव, भत्ता, पेन्सन र अन्य सेवा सुविधाहरु सम्मान गराउन पहल गर्न नेपाल सरकारलाई माग गरेकाे बिगेसाेले जनाएकाे छ ।  बेलायती राजदूतावास अगाडि एक घण्टा धर्ना गर्ने कार्यक्रम तय भएको प्रमुख घर्तीले बताएका छन् ।

प्रमुख घर्तीका अनुसार बिगाेसोले बेलायती प्रधानमन्त्रीलाई जदूतावासमार्फत  ब्रिटिश–गोर्खा भूतपूर्व सैनिकका १६ बुँदे मागसहित  राध्यानाकर्षण पत्र पुनः बुझाउने छन् । प्रहरी सेवाबाट अवकाश प्राप्त गोर्खाहरुमाथि बेलायत र सिङ्गापुर सरकारबाट ठूलो अन्याय र चर्को विभेद भइरहेकाले त्यसको अन्त्यका पहलको माग गर्दै आएपनि सरकारमा सुनुवाइ नभएको गुनासाे उनले गरेका छन्।

एउटै संस्थामा एकै प्रकारका काम गर्ने दुई देशका नागरिकहरुको तलव, भत्ता, पेन्सन र अन्य सेवा सुविधाबीच यस्तो अन्तर हुनु दुःखद पक्ष भएको उनको भनाइ छ । उनले सरकारले कुनै सन्धि,सम्झौताबिना अहिलेसम्म पनि बेलायतले नेपालीलाई सिङ्गापुरको लागि भर्ती गरी पठाइरहेको भन्दै बेलायत, नेपाल र सिङ्गापुरमध्ये यसमा को जिम्मेवार छ भन्ने अन्यौलता रहेको बताएका छन्  ।

सिङ्गापुरमा सेवारत हुँदासमेत गोर्खा प्रहरीका श्रीमती र उमेर पुगेका छोराछोरीहरूले उनीहरुको योग्यता अनुसार सिङ्गापुरमा कुनै काम गर्ने व्यवस्था गर्न सरकारले पहल गर्नुपर्ने बिगाेसोले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया