बुधबारे हाट

प्रकाशित मिति :  156 पटक हेरिएको

ओखलढुंगा – ओखलढुंगाको खिजीफलाँटेमा हरेक बुधबार बुधबारे हाट लाग्ने गर्दछ । बुधबारे हाट व्यापारिकरणको बजार हाे ।तर वैदेशिक रोजगार र सुविधा खाज्दै यहाँ वरपरका मानिसहरु पातलिँदै गएको छ ,जसको असर बाक्लो हुने बुधबारे हाट सुनसान हुँदै गएको छ ।

पहिले पहिले फलाँटेमा वरपरका गाउँबाट प्रशस्त मात्रमा मानिसहरुको घुँइचो हुने र विभिन्न व्यापारिक सामानहरु किनबेच र साटासाट हुने गर्दथ्यो । यस हाटमा खुट्टा हाल्ने ठाउँसम्म मुस्किलल पाइन्थो । विभिन्न ठाउँबाट विभिन्न थरीका सामान लिएर हाट भर्न लेकबेसीँका मानिसहरु आउँथे ।

लेकको आलु, बेसीँको फलफुल ,तराईको लताकपडा, वरपरका डल्ले खुर्सानी, जहाँ जे उब्जनी हुन्थ्यो खाएर बचेका वा त अन्य केही नौलो खाद्य एवम् वस्तुका लागि हाटमा लेराउथे र किनबेच गरी लान्थे । गाउँमा सडक पुगेपछि विस्तारै यहाँका मानिसहरुको खाद्य नुन तेल ,लताकपडा एवम् अन्य वस्तुहरु आयत हुन थाले ।

युवा वर्ग पनि काम र सुखसुविधाका लागि शहर र विदेशिन थाले । तथापि बुधबारे हाटलाई जीवन्त राख्न यहाँका मानिसहरु आजसम्म अग्रसर भएर लागिपरेका छन् । ऊ बेलाको हाट र अहिलेको हाट भने धेरै भिन्नता देखिएका छन् । सायद समयसँगै परिवर्तन हुने चाहनाले हाे की !

तपाईको प्रतिक्रिया