बालेनको तारिफयोग्य ‘एक्सन’

प्रकाशित मिति :  93 पटक हेरिएको

यतिखेर काठमाडौंका बासिन्दा मेयर बालेन्द्र (बालेन) शाहको काम देखेर मख्ख परेका छन् । राजनीतिक दलले आश्वासनमात्र देखाएर काम नगरेपछि स्वतन्त्र चुनेका महानगरवासीलाई आफ्नो निर्णयप्रति गर्व लागेको छ । बालेनको ‘एक्सन’ले मुलुकभरको जनताको ध्यान खिचेको छ । उनले गरेको काम र देखाएको हिम्मत सा“च्चै नै तारिफयोग्य छ ।

स्थानीय तहको चुनावमा काठमाडौंमा भएको राजनीतिक दलको दबदबा चिरेर अघि आएको बालेनको नाममा जनताहरु राम्रो गुनगान मात्र गाइरहेका छन् ।काठमाडौंवासी मात्र नभई मुलुकभरका जनता उनको पक्षमा छन् । उनलाई आफ्नो काममा निरन्तरता दिन र नढगमगाउन उनीहरुले प्रोत्साहन गरिरहेको देख्न सकिन्छ । यसअघि राजनीतिक दलबाट मेयर जितेकाहरु सिन्को पनि नभा“चिकन निस्किए । सरकारी गाडी चढ्ने, सेवासुविधा लिने अनि ठूलठूला व्यापारीको सामुन्ने केही पनि नगर्ने ।

बालेनको कामको सिको अरू नगरपालिकाका मेयरले गर्ने हो भने देशको स्वरुप अवश्य नै फेरिन्छ । आफ्नो नगरको रुप फेर्न मेयरहरु नै बलियो भएर अघि बढ्नुपर्छ ।
बालेनले गरेको काम जनता र राष्ट्रको हितमा छ । केही विरोधीहरुले खुट्टा तान्न खोजे पनि जनताहरु उनको साथमा छन् । दुई–चार जना विरोधीको मुख त उनले आफैं पनि थुन्न सक्ने क्षमता राख्छन् ।

भोट दिनेले मात्र नभई नदिनेले समेत बालेनको काममाथि ‘वाहवाह’ गरेका छन् । उनी चर्चाले छुट्टै उचाइमा पुगेको छ । राम्रो काम ग¥यो भने जनताको साथ पाउन धेरै समय लाग्दो रहेनछ भन्ने उदाहरण उनले दिएका छन् । अरू नगरपालिकाका मेयरले पनि उनीबाट केही पाठ सिक्नुपर्छ ।

सरकारको ऐनकानुन नमान्नेलाई बालेनले दरो सबक सिकाइरहेका छन् । उनी अघि हि“डेका छन् भने उनको पछाडि लाखौं जनता । घरको नक्सा पास गर्ने बेलामा अण्डरग्राउण्ड पार्किङ भनिएको ठाउ“मा मह“गो बहाल लिएर पसल सञ्चालन गरिएको थियो । अवैध संरचना निर्माण गरेर मासिक लाखौं भाडा उठाउनेलाई ठीक ठाउ“मा ल्याएका छन् । मोटो बहाल सीमित घरधनीले लिने अनि सधैं जनताले सास्ती पाउनुपर्ने । व्यापार व्यवसाय अण्डरग्राउण्ड पार्किङमा गर्ने अनि सवारीसाधन फुटपाथमा ल्याएर पार्क ।

जनताको प्रतिनिधि भएर आएकाहरु सेवासुविधाको भोगी भएपछि काठमाडौंका जनताले पार्टीका उम्मेदवारलाई पछारेका हुन् । काठमाडौंमा स्वतन्त्रले ठाउ“ पाउला भनेर कसैले कल्पना पनि गरेको थिएन । तर, राजनीतिक दलमाथिको विश्वास गुमिसकेपछि स्वतन्त्र चुनेका जनतालाई अहिले आएर जनप्रतिनिधि भएको महसुस भएको छ । यसअघिका मेयरझै बालेन मेयरको कुर्सीमा चिप्किएर बसेनन् । उनी आफैं स्थलगत अनुगमनमा खटिएका छन् ।

कुर्सीभन्दा माथि उठेर काम गर्न सक्नु नै गर्वको कुरा हो । भुरादेखि बुढासम्मको मुखमा बालेनकै नाम झुण्डिएको छ । बालेनले काम गरेको देखेर राजनीतिक दलहरुको मुटु नराम्ररी पोलेको छ । उनको प्रशंसा केही डाहडेहरुलाई पचाउनसमेत गाह्रो परेको छ । सारा मुलुक नै बालेनको समर्थनमा उत्रिएको बेला एक–दुई जनाले विरोध जनाएका छन् ।

आफू पनि केही नगर्ने अनि अरूले गरेको देख्दा छाती पोल्नेहरु उनलाई असफल बनाउन खोजिरहेका छन् ।बालेनको खुट्टा तान्नेको विरोध जनताले गर्छन् । जनताले आवाज उठाउने छन् । बालेनलाई काम गर्न दिने हो भने काठमाडौंको मुहार अवश्य पनि फेरिनेछ ।

रामचन्द्र थापा, अनामनगर

तपाईको प्रतिक्रिया