बहिर्गमन भिसामा सहजीकरण गरिदिन आग्रह

प्रकाशित मिति :  42 पटक हेरिएको

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउदी अरेयिबास“ग नेपाली कामदारलाई रोजगार अवधि सकिएपछि बहिर्गमन भिसा समयमै उपलब्ध गराइदिन आग्रह गरेको छ ।

श्रममन्त्री शेरबहादुर कु“वरले नेपालका लागि साउदीका राजदूत साद नासेर अब्दुल्ला अबु हैमदसँगको भेटमा रोजगारी सकिएका नेपालीले बहिर्गमन भिसा समयमै नपाउ“दा समस्या परेको भन्दै त्यसमा सहजीकरण गरिदिन आग्रह गरेका हुन् ।

मन्त्री कुँवरसागको भेटमा राजदूत हैमदले नेपाल र साउदी अरेबियाको सम्बन्ध मैत्रीपूर्ण भएकाले नेपाली श्रमिकले भोग्ने गरेका समस्या समाधानका लागि आफूले सक्दो पहल गर्ने वचन दिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्री कुँवरले साउदी अरबमा काम गर्न जाने नेपालीको समस्या र उनीहरुको सुरक्षाका लागि सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए । नेपाली श्रमिकको सुरक्षाका विषयमा गम्भीर छलफल भएको मन्त्री कँवरको सचिवालयले जनाएको छ ।

मन्त्री कुावरले साउदीसँग नेपालले समयमै द्विपक्षीय श्रम सम्झौता गर्न नसकेकाले श्रम तथा आप्रवासनका क्षेत्रहरु ठोस उपलब्धि हुन नसकेको भन्दै यो भेटले छिट्टै परिणाम देखाउने अपेक्षा प्रकट गरे । उनले नेपालबाट साउदी अरेबियामा सीपयुक्त जनशक्ति पठाउनका लागि त्यहाँको सरकारले पनि सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।

 

तपाईको प्रतिक्रिया