राजु परियारको दशैँ आयो गीत सार्वजनिक

प्रकाशित मिति :  55 पटक हेरिएको

काठमाडाैं –  दशैँ नजिकिँदै जादा गाउँ घरमा गीतको गुञ्जायमान आवाज सुन्न थालिएको छ । असोज महिना लागेसँगै नेपालीहरूमा दशैँको हर्ष उल्लास बढ्न थालेको छ ।

दशैँ तिहारको माहोललाई थप रोमाञ्चक बनाउन बर्सेनि दसैं तिहारको गीत आउने गर्दछ । यही क्रममा बिहीबार दिउँसो ५ बजे डिटिएम मिडिया मार्फत सार्वजनिक भएको राजु परियारको दशैँ आयो गीत सार्वजनिक भएकाे छ ।

यस वर्षको दशैँ तिहारको माहोल तताउनको लागि गायक राजु परियार, दिलसिङ मगर, राजु ढकाल, तेजु मगर, ईश्वर सिंह, सपना परियार र रोस्मि सोतिको स्वरमा दशैँ आयो बोलको गीत बजारमा ल्याएका हुन् ।

दशैँको माहोलमा सहर बजारमा बस्ने व्यक्तिहरू दशैँ मनाउन गाउँघर जाने, पिङ्ग खेल्ने रमाइलो गर्न कुरालाई अत्यन्त मिठो शब्दमा हिरन थापा मगरले लेखेकाे छन् । यस गीतमा दिलसिंङ मगरको संगित रहेको छ भने एरेञ्ज डोलराज बाह्रघरेले गरेका हुन् ।

गीतकाे कथा वस्तुलाई अझ प्रभावकारी बनाउन गायक तथा मोडल राजु ढकाल, सुमन थापा, विरेन्द्र मोडल आयुष्मा कार्की र मनीषा मगर ले जिवन्त अभियान गरेका छन्  ।

 

तपाईको प्रतिक्रिया