एचआइभी संक्रमितलाई भेदभाव नगर्न आग्रह

प्रकाशित मिति :  31 पटक हेरिएको

काठमाडौं- एचआइभी तथा यौनरोग लागेकालाई समाजले लाञ्छना र भेदभाव गर्न नहुनेमा सरोकारवालाहरुले जोड दिएका छन् । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले बिहीबार राजधानीमा आयोजना गरेको ‘एचआइभी तथा यौनरोगसम्बन्धी लाञ्छना र भेदभाव न्यूनीकरणसम्बन्धी’ अन्तक्र्रियाका सहभागीले उक्त कुरामा जोड दिएका हुन् ।

उनीहरुले त्यस्ता व्यक्तिलाई लाञ्छना वा भेदभाव नगर्दा एचआइभी तथा यौनरोग न्यूनीकरणमा सहयोग पुग्ने सुझाव दिए । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले समाजमा जनचेतना कम रहेकाले एचआइभी तथा यौनरोग लागेकालाई अझै लाञ्छना र भेदभाव रहेको बताए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले समाजमा रहेको लाञ्छना र भेदभाव हटाउन सके मात्र एचआइभी र यौनरोग भएकाका लागि समाजमा पुनःस्थापना गर्न सकिने धारणा राखे ।सन् २०२६ सम्म एचआइभी संक्रमितमध्ये ९५ प्रतिशतको पहिचान गर्ने, संक्रमण पुष्टि भएकाका ९५ प्रतिशतको उपचार गर्ने र एआरटी सेवा लिइरहेका संक्रमितमध्ये ९५ प्रतिशतको भाइरल लोड कम गर्ने लक्ष्य राखिइएको छ ।

मन्त्रालयले सन् २०२१ सम्म संक्रमितमध्ये ८५ प्रतिशतको पहिचान, ८६ प्रतिशतको उपचार र ५१ प्रतिशतको भाइरल लोड कम गर्ने जनाएको छ ।केन्द्रकी निर्देशक डा. सुधा देवकोटाले एचआइभी तथा यौनरोग संक्रमितलाई अझै पनि लाञ्छना र भेदभाव कायम रहेको जनाउ“दै सबैको सहयोगले हटाउनुपर्ने बताइन् ।

नेपालमा पहिलो एचआइभी संक्रमित व्यक्ति सन् १९८८ मा पहिचान गरिएको थियो । सुइद्वारा लागुपदार्थ प्रयोग गर्ने र पुरुष समलिंगी यौनकर्मीमा एचआइभी संक्रमणको दर अरु जोखिममा रहेका समूहभन्दा उच्च छ ।केन्द्रका अनुसार नेपालमा एचआइभी संक्रमित ३० हजार रहेका छन् । तीमध्ये १६ हजार ४०० पुरुष र १३ हजार ६०० महिला तथा जन्मदेखि १४ वर्ष उमेर समूहका बालबालिका एक हजार २०० रहेका छन् ।

नेपालमा वार्षिक ६८० नया“ एचआइभीका संक्रमित र एड्सबाट वार्षिक ५–१० जनाको मृत्यु हुने गरेको केन्द्रकी निर्देशक डा.देवकोटाले जानकारी दिइन् । नेपालमा पहिलोपटक १९८८ मा एचआइभी संक्रमणको पुष्टि भएको हो । राष्ट्रिय एचआइभी रणनीतिक योजना २०२१–२०२६ अनुसार एड्स इपिडेमिकलाई २०३० सम्ममा अन्त्य गर्र्नेे सरकारको लक्ष्य रहेको छ ।

तपाईको प्रतिक्रिया