विकास र अनुभवद्वारा राष्ट्रिय किर्तिमान कायम

प्रकाशित मिति :  27 पटक हेरिएको

काठमाडाैं –  प्रदेश नं. १ का बिकास कुमाल र त्रिभुवन आर्मी क्लबका अनुभव सुब्बाले २५ औं खुल्ला राष्ट्रिय पौडी प्रतियोगितामा राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएका छन् । कुमालले ५० मिटर ब्रेष्ट स्ट्रोकमा ३१.०५ सेकेन्डको र अनुभवले १०० मिटर बटरफ्लाईमा ५९ः०० सेकेन्डका साथ नयाँ राष्ट्रिय किर्तिमान कायम गरेका हुन् ।

२५ मिटर पुलको छोटो दुरीको प्रतियोगितमा यस अघि दुवै विधामा सयद हम्जा शाहको नाममा राष्ट्रिय किर्तिमान रहेको थियो । शाहले ८ औं राष्ट्रिय खेलकुदमा ५० मिटर ब्रेष्ट स्ट्रोकमा ३१.५५ सेकेन्ड र १०० मिटर बटरफ्लाईमा १ मिनट ००ः२५ सेकेन्डको किर्तिमान आफ्नो नाममा लेखाएका थिए ।

कुमालले आजै विहान भएको हिट चरणमानै शाहको नाममा रहेको किर्तिमानलाई भंग गर्दै आफ्नो नाममा ३१.२६ सेकेन्डको किर्तिमान बनाउन सफल भएका थिए ।५० मिटिर ब्रेष्टस्ट्रोकमा दोश्रो स्थानमा बागमतीका सेरेन सिंह र सेनाका अनुभव सुब्बा तेश्रो स्थानमा अए । यस्तै १०० मिटर बटरफ्लाईमा बागमतीका एल्भिन महर्जन र पुलिसका युभान लाल श्रेष्ठ दोश्रो र तेश्रो स्थानमा आए ।

४०० मिटर फ्रिस्टायलको प्रतिस्पर्धाम पुलिसका गौरव लामाले ३ मिनट ३६.९८ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण जिते । पुलिसकै सनिल कुमार थापा र एपिएफका उर्गेन महर्जन दोश्रो र तेश्रो स्थानमा आए । २०० मिटर ब्याक स्ट्रोकमा एपिएफका नेन्जिङ्ग नामदोल रायन गुरुङ्गले २ मिनट १९.११ सेकेन्डका साथ स्वर्ण पाए । प्रदेश १ का प्रारम्भ भण्डारीले रजत र पुलिसका गौरव लामाले कास्य पाए ।

२०० मिटर फ्रिस्टायलमा बागमतीका ईरभिन श्रेष्ठले २ मिनट ४.०७ सेकेन्का साथ स्वर्ण हासिल गर्दा पुलिसका सुविज्ञ मान तुलाधरले रजत र पुलिसकै गौरव लामाले कास्य पाए । १०० मिटर ब्रेष्टस्ट्रोकमा प्रदेश १ का बिकास कुमालले १ मिनट ८.४६ सेकेन्डका साथ आफ्नो प्रदेशका लागि दोश्रो स्वर्ण जोडे । बागमतीका सेरेन सिंहले रजत र एपिएफका जाडेन श्रेष्ठले कास्य पाए । ५० मिटर बटरफ्लाईमा एपिएफका तेन्जिन नामदोल रायन गुरुङ्गले २७.२४ सेकेन्ड समयका साथ स्वर्ण हासिल गरे । यस्तै सेनाका अनुभव सुब्बाले रजत र प्रदेश १ का बिकास कुमालले कास्य पाए ।

गण्डकी प्रदेशको पोखरामा आयोजना हुने ९ औं राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै आयोजना गरिएको प्रतियोगिताको ५० मिटर ब्रेष्टस्ट्रोकमा सेनाकी उपास्ती महर्जनले स्वर्ण जितिन् । उनले उक्त दुरी ३६.९० सेकेन्डमा पुरा गरिन् । प्रदेश १ की सिया सुभांगी बजगाईले रजत र बागमती श्रेनु महर्जनले कास्य पाईन् । यस्तै २०० मिटर फ्रिस्टायलमा सेनाकी अनुसिया तण्डुकारले २ मिनट १७.०१ सेकेन्डका साथ स्वर्ण प्राप्त गर्दा पुलिसकी समिरा शोभा थापाले रजत र बागमतीकी रोशा न्यौपानेले कास्य पाईन् ।

१०० मिटर ब्रेष्टस्ट्रोकमा सेनाकी उपास्तीले आफ्नो ब्यक्तिगत तथा सेनाको लागी दोश्रो स्वर्ण जितिन् । उनले १ मिनट २२.९१ सेकेन्डका साथ स्वर्ण जितेकी हुन् । यस्तै प्रदेश १ की सिया सुभांगी बजगाईले रजत र एपिएफकी राभ्या श्रेष्ठले कास्य पाए । ५० मिटर बटरफ्लाईमा बागमतीकी रोशा न्यौपानेले ३३.११ सेकेन्डका साथ स्वर्ण जोडिन् । सेनाकी अनुशिया तण्डुकारले रजत र बागमतीकी टिशा महर्जनले कास्य हासिल गरे ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले विजयी खेलाडीहरुलाई मेडल तथा प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रममा बोल्दै सदस्य सचिव घिसिङले ९ औं राष्ट्रिय खेलकुदलाई मध्यनजर राख्दै प्रतियोगिता आयोजना गरेकोमा संघलाई बिशेषत अध्यक्ष अशोक बज्राचार्यलाई धन्यवाद प्रदान गरे ।

उनले अवका दिनमा पौडी खेलले नतिजा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको भन्दै पूर्वाधारका कारण नतिजा प्राप्त नभएको भनि गुनासो सुन्न नचाहेको बताए ।अशोज ५ र ६ गते आयोजना गर्ने भनिएको प्रतियोगिता प्राविधिक कारण १ दिन ढिलो गरि संचालन गरिएको थियो ।

तपाईको प्रतिक्रिया