काठमाडौं– स्पार्क गुप्रद्धारा आयोजना गरिएको हनी हन्टिङ एड्भेन्चर लमजुङको भुजुङ गाउँमा समपन्न गरिएको थियो । नेपालका विभिन्न क्षेत्रका चर्चित व्यक्ति कलाकार, पाइलट, डाक्टर, पत्रकार, लेखक, प्राध्यापक, इन्जिनियर, वकिल, खेलाडी, व्यापारीलगायत करिब २ सय जनाको टोली यस क्षेत्रमा हनि हन्ट गर्न लमजुङ आएको थियो।
लमजुङको उत्कृष्ट रमणीय पर्यटकिय गन्तव्य भुजुङ गाउँ पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको विशेष रोजाईमा पर्न थालेको छ । गुरुङ सँस्कृति झल्किने यस भुजुङ गाउँमा पर्यटकहरूको आगमन बढ्न थालेको हो ।
भुजुङ समुद्री सतहदेखि १ हजार ६ सय ५० मिटर उचाइको यो गाउँ लमजुङ सदरमुकाम बेंसीसहरदेखि ३६ किलोमिटर उत्तरपश्चिम क्षेत्रमा पर्छ ।
यहाँबाट देखिने सुन्दर हिमालका दृश्यले जो कोहीलाई पनि लोभ्याउने गर्छ । करीब ४ सय घर एकैठाउँमा रहेको यस भुजुङ पर्यटकीय हवको रुपमा चिनिने गरिन्छ ।