बैंक सञ्चालक रेमिट्यान्स कम्पनीको सञ्चालक बन्न नपाउने

प्रकाशित मिति :  54 पटक हेरिएको

काठमाडाैं –  बैंक तथा वित्तीय संस्था र भुक्तानी सम्बन्धी काम गर्ने संस्थाको सञ्चालक पदमा रहेको व्यक्ति मनिचेञ्जर र रेमिट्यान्स कम्पनीको पनि सञ्चालक बन्न नपाउने भएका छन् । राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

“यस बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था र भुक्तानी सम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थामा सञ्चालक-पदाधिकारी पदमा बहाल रहेको व्यक्ति एकै पटक यस बैंकबाट इजाजतपत्रप्राप्त मनिचेञ्जर वा विप्रेषण कम्पनीमा सञ्चालक/पदाधिकारी पदमा बहाल रहन पाउने छैन ।” निर्देशनमा भनिएको छ।

साथै, यस बैंकबाट इजाजतपत्रप्राप्त मनिचेञ्जर/विप्रेषण कम्पनीको सञ्चालक-पदाधिकारी पदमा बहाल रहेको व्यक्ति एकै पटक अन्य मनिचेञ्जर वा विप्रेषण कम्पनीमा सञ्चालक/पदाधिकारी पदमा बहाल रहन पाउने छैन ।

राष्ट्र बैंकले गरेको नयाँ ब्यवस्था बमोजिम नभएको खण्डमा २०८० असोज मसान्तभित्र नियमित गरिसक्नुपर्ने निर्देशनमा उल्लेख छ। तर नेपाल सरकार वा यस बैंकले नियुक्त गरेको अवस्थामा याे व्यवस्थाले बाधा पुर्याएको मानिने छैन।

 

 

तपाईको प्रतिक्रिया