कोशी प्रदेशको नामकरणको विरोधमा प्रदर्शनकारी र प्रहरीबीच झडप

प्रकाशित मिति :  83 पटक हेरिएको

काठमाडाैं – कोशी प्रदेशको नामकरणको विरोधमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा हान्न थालेपछि प्रहरीले लाठी चार्ज गर्दा झडप भएको हाे  ।

अहिले प्रहरीले केही राउन्ड अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनामा केही प्रदर्शनकारी घाइते भएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रदेश सभाले प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचान पक्षधरहरूले आन्दोलन गरिरहेका छन् ।

केही दिनअघि आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा ज्यान गएपछि आन्दोलन झन् चर्किएको छ ।

तपाईको प्रतिक्रिया