गठबन्धनले बैठकमा छलफल गरेर आज पूर्णता दिने

प्रकाशित मिति :  41 पटक हेरिएको

काठमाडौं– सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई आज अन्तिम रुप दिइने भएको छ ।

मस्यौदामाथि विस्तृत छलफल गरेर टुङ्गोमा पुग्ने तयारी सत्ता साझेदार दलहरुले गरेका छन् ।

गठबन्धनको बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेस गरेका थिए ।

नेपाली काँग्रेसका नेता रमेश लेखकका अनुसार हिजोको बैठकमा पेस भएको सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा विस्तृत छलफल गरेर आज पूर्णता दिने सहमति भएको छ ।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले आजको बैठकबाट सरकारको न्यूनतम साझा कार्यक्रमका साथै मन्त्रिमण्डल विस्तार र मन्त्रालय बाँडफाँट लगायतका सबै विषय टुङ्ग्याउने निर्णय भएको जानकारी दिए ।

File photo

तपाईको प्रतिक्रिया