‘क्‍वीन अफ रक एन रोल’ टिना टर्नरको निधन

प्रकाशित मिति :  52 पटक हेरिएको

एजेन्सी– ‘द बेस्ट एन्ड व्हाट्स लभ गोट टु डु विथ इट’ जस्ता क्लासिक पप हिट गीतले सुपरस्टार बनाएकी गायिका टीना टर्नरको ८३ वर्षको उमेरमा निधन भएको छ ।

टर्नर हालैका वर्षहरूमा क्यान्सर, स्ट्रोक र मृगौला फेल लगायतका स्वास्थ्य समस्याहरूबाट ग्रसित थिईन् ।

उनी सन् १९६० को दशकमा प्राउड मेरी र रिभर डीप, माउन्टेन हाई जस्ता गीतहरूका साथ प्रसिद्ध भईन् ।

टिना टर्नर उनको रमाइलो र ऊर्जावान स्टेज प्रदर्शन र हस्की, शक्तिशाली आवाजका लागि प्रसिद्ध थिइन् ।

उनको मृत्युको घोषणा उनको आधिकारिक इन्स्टाग्राम पेजमा गरिएको थियो।

तपाईको प्रतिक्रिया