रोल्पा -प्युठानको बिजुवार आउँदै गर्दा गाडीकाे ब्रेक फेल हुँदा सवार एक घाइते, र एक जना सामान्य घाइते भएका छन् । बाँकी सबै सकुसल रहेकाे माण्डवी गाउँपालिकाले जनाएकाे छन् ।
रोल्पाको सुनिल स्मृति गाउँपालिका ८ नम्बर वडा बाट (लु १ ज ३५९५) नम्बरको सवार गाडी प्युठानको बिजुवार आउँदै गर्दा स्वर्गद्वारी नगरपालिका वडा नम्बर ६ देउराली र अफले पोखरा बिच ९:१० बजेको समयमा ब्रेक फेल भइ बाटोदेखि करिब २ मिटर तल खसेको माण्डवी गाउँपालिकाले समाजिक सञ्जाल फेसबुकमा लेखेका हुन् ।
पालिकाका अनुसार गाडीमा ६ जना सवारी थिए जस मध्ये १ जना गम्भीर घाइते र १ जना सामान्य घाइते भएका छन् बाँकी सबै सकुसल रहेको छन् ।
गम्भीर घाइते हुनेमा स्वर्गद्वारी नगरपालिका वडा नं ६ निवासी ५२ वर्षिय सेमे रोका क्षेत्री र सामान्य घाइते हुनेमा सुनिल स्मृति गाउँपालिका निवासी ७७ वर्षिय जिते आले मगर रहेका छन् ।
घाइते हरुलाई प्युठान जिल्ला अस्पताल बिजुवारमा भर्ना गरिएको छ भने अरु थप विवरण आउन बाँकी रहेको पालिकाले जनाएकाे छ।