भागबण्डामा अल्झिएको गठबन्धन

पछिल्लो समय आमनेपाली जनताको समस्या विकराल बन्दै गइरहेको छ । १० दलीय गठबन्धनको नेतृत्व गरेर सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल भएभरका मन्त्रालय आफ्नो काँधमा बोकेर बसिरहेका छन् । चैत १० गतेभित्र सरकार पूर्ण बनाउँछु भन्दै अझै सत्ताको लुँछाचुँडीमा छन् प्रधानमन्त्रीसहित बाँकी दलहरु ! जनताले चाहेको आधार...

कहाँ गयो नेपाली नोट ?

यतिखेर मुलुक आर्थिक मन्दीको चपेटामा परेको चर्चा र बहस भइरहेको छ । बैंक वित्तीय संस्थाले रकम अभाव भएको बताइरहेका छन् । सहकारी, लघुवित्तहरुमासमेत रकम नभएकाले निक्षेपकर्ताले आफूले राखेको आफ्नै रकम पनि भुक्तानी नपाउने अवस्था सिर्जना भएको छ । बैंकहरुमा रकम अभाव भएको हो भने निक्षेपकर्ताहरुको रकम कहाँ गयो भन्ने प्रश्न उठ्न...

गैरनेपालीलाई नागरिकता दिलाउने गिरोहको चुनौती

गैरनेपालीलाई सक्कली नेपाली नागरिकता ! त्यसरी नागरिकता दिलाउन प्रतिव्यक्ति तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म रकम असुली । सुन्दा अपत्यारिलो लाग्ने यस्तो घटना वास्तविकतामै भइरहेको खुलासा भएको छ । नागरिकता जस्तो संवेदनशील कागजात यसरी गैरनेपालीलाई दिलाउने कार्य हुनु अत्यन्त गम्भीर विषय हो । नेपाल प्रहरीका अनुसार नक्कली का...

नेपाली श्रमिकलाई ठगिनबाट जोगाऊ

नेपालमा रोजगारीको अवसर नहुँदा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता अद्यपि कायमै छ । अहिले पनि दैनिक हजारौंको संख्यामा नेपालीहरु वैदेशिक रोजगारीमा गइरहेका छन् । यसरी वैदेशिक रोजगारीमा जाने नेपालीहरु ठगीमा पर्ने क्रम नेपालबाटै सुरु हुन्छ । विदेशमा पठाइदिने नाममा विभिन्न व्यक्ति तथा कतिपय म्यानपावर कम्पनीबाटै उनीहरु ठगी...

स्ववियु निर्वाचन सफल बनाऊ

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरु अहिले निर्वाचनमय भएको छ । करिब १४ वर्षपछि आज ती क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदै छ । पटक–पटक स्थगित हुँदा निराश बनेका विद्यार्थीहरुमा स्ववियु निर्वाचनले उत्साह थपेको छ । निर्वाचनका लागि त्रिविअन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसले तय...

बधाई नेपाली क्रिकेट टोली

१२ खेल, ११ मा जित । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अपत्यारिलो लाग्ने यो सफलता हासिल गरेको हो । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत भएका पछिल्ला १२ खेल खेलेको नेपालले ११ मा जित हासिल गर्नु चानचुने कुरा होइन । यो जितसँगै नेपालले थप चार वर्षका लागि एकदिवसीय मान्यता सुरक्षित मात्रै राखेन, विश्वकप छनोटमा सोझै प्रवे...

स्रोत व्यवस्थापनमा चुनौती

यतिबेला सरकारलाई स्रोत व्यवस्थापनमा निकै सास्ती भइरहेको छ । चालु आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन नहुँदा सरकारलाई सकस परेको हो । अहिले सरकार कर्मचारीलाई तलब खुवाउनसमेत नसक्ने अवस्थामा पुगेको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार कर्मचारको तलब आगामी तीन महिना ‘होल्ड’ गर्ने तयारीमा सरकार रहेको छ । चालु आर्थिक वर्ष ...

मिटरब्याजपीडितले न्याय पाउँलान् ?

पछिल्लो केही समययता चर्को मिटरब्याजका कारण उठीबास लागेका गरिब किसानहरु सरकारसँग हार गुहार गरिरहेका छन् । विभिन्न जिल्लाबाट चर्को ब्याज असुली आफ्नो घर खेत कब्जा गरेकाले न्याय खोज्दै देशभरका पीडितहरु माइतीघर मण्डलमा धर्ना र जुलुसमा सहभागी भइरहेका छन् । गत वर्ष पनि यस्तै धर्ना, जुलुस नभएको होइन । तर, सरकारले मिटरब्याजम...

नयाँ राष्ट्रपतिप्रतिको जनअपेक्षा

मुलुकले तेस्रो राष्ट्रपति बनेका रामचन्द्र पौडेलले आफ्नो कार्यभार सम्हालेका छन् । सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि उनले कार्यभार सम्हालेका हुन् । गत बिहीबार उनी राष्ट्रपतिमा निर्वाचित भएका थिए । विगत छ दशकयता सक्रिय राजनीति गरेका पौडेल समकालीन पाका नेतामध्येमा पर्छन् । पञ्चायतविरोधी गतिविधिमा संलग्न हुँदै २०४८ ...

स्ववियु निर्वाचन शान्तिपूर्ण बनाऊ

विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन यसपटक भने हुने लगभग सुनिश्चित भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्ववियु निर्वाचनका लागि देशभरका क्याम्पसमा शनिबार उम्मेदवारी दर्ता भएको छ । काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसलगायत केही क्याम्पसमा भने उम्मेदवारी दर्ताकै दिन...