बेइजिङ सम्मेलनः महिला समानता र सम्मानको आधार

नेपाली जनताको एकीकृत आन्दोलनको फलस्वरुप ०४६ सालमा बहुदलीय व्यवस्था स्थापना भयो । ०४९ सालको अन्त्यमा मैले पुनः काठमाडौं आउने मौका पाएँ । संयुक्त राष्ट्र संघको स्थापनाको ५०औँ वर्षगाँठको अवसरमा चौँथो विश्व सम्मेलन चीनको राजधानी बेइजिङमा सन् १९९५ को सेप्टेम्बर ४ देखि १५ (०५२ भदौ १९ देखि ३०) सम्म आयोजना हुँदै गरेको जानकारी पाएँ । चौँथो विश्व महिला सम्मेलन (बेइजिङ सम्मेलन) भव्यताका साथ सम्पन्न गर्न व...

आचार्य बन्धुदत्तको मूर्ति युक्तिसंगत नभएपछि…

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ बुङ्गद्योलाई कामरूपकामाक्षा आसामबाट नेपाल ल्याई कृषिकर्म पुनः जागृत गराउने राजा नरेन्द्र देव, रथचक्र तण्डुकार ज्यापु र आचार्य बन्धुदत्तको शालिक काठमाडौंको भूगोलपार्कमा राख्ने विषयले विवादको रूप लिएको छ । विवाद राज्यशक्ति राजा, तन्त्रशक्ति आचार्य र वलशक्ति तण्डुकार ज्यापुको मूर्ति पुरातात्विक वास्तुकलायुक्त नभएको र आचार्यपदलाई बज्राचार्यको रूपमा अपव्याख्य...

महिलाः प्राकृतिक रुपमा सशक्त, सामाजिक अशक्त

  प्राकृतिक रुपमा पशुपंक्षी प्राणी जगतमा भौतिक शारीरिक रुपमा महिला र पुरुष दुई लिंगको जन्म भएको पाइन्छ । पशुपंक्षी जगतमा महिला तथा पुरुषबीच खासै विभेद्् गरेको देखिँदैन । तर चेतनशील विवेकशील भन्ने मनुष्य समाजमा भने लिंगको आधारमा विभेद् गर्ने प्रचलन परापूर्वकालदेखि विद्यमान रहेको पाइन्छ । कुनै पनि समाजको विकास र समृद्धि सम्बन्धित समाजमा महिलाको सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिक तथा रा...

यौन तथा प्रजनन् स्वास्थ्यमा चेतना बढ्दै

यौन तथा प्रजनन् स्वास्थ्य संवेदनशील विषयको रूपमा रहेको पाइन्छ जुन विषयबारे चर्चा र छलफल गर्न कोही पनि रुचाउँदैनन् । समुदायको विभिन्न कडा नियम तथा कानुनका कारण आवश्यकता परेका व्यक्तिहरूले पनि यस विषयमा छलफल गर्न मान्दैनन् । त्यसैले मानिसहरूलाई यौन तथा प्रजनन् स्वास्थ्य बारेमा खुला रूपमा कुरा गर्न अनुमति छैन । महिनावारी किशोरीमा हुने एक प्राकृतिक प्रक्रिया परिवर्तनमध्ये एक रूपमा लिइए तापनि यस व...

राजनीतिमा महिलाः यौन तथा प्रजनन् स्वास्थ्य अधिकार

देशको नागरिकहरूको भविष्य कस्तो बनाउने भन्ने कुराको निर्धारण राजनीतिले गर्दछ । राज्य सञ्चालनका लागि ऐन कानुन वा नीति नियम बनाउने र व्यवहारमा कार्यान्वयन गर्न जनतालाई दिशानिर्देशन गर्ने मेरुदण्ड नै राजनीति हो । नेपालको जनसंख्याको आधाभन्दा बढी हिस्सा (५१ प्रतिशत) महिला छन् । तर, नेपाली समाज सामन्तवादी पितृसत्तात्मक सोचवाट ग्रसित भएकाले महिलाहरू सबै क्षेत्रमा विशेष गरी राजनीतिमा पनि पछाडि पारिएको ...

बहुमतको सरकार र ओलीका अढाई वर्ष

०७ सालयताको नेपाली राजनीतिक इतिहासलाई केलाउने हो भने देशमा जब–जब कुनै पनि दलले चुनाव जितेर बहुमत वा दुई तिहाइ मतले सरकार सञ्चालन गर्न थाल्छ, तब–तब मुलुकमा अनपेक्षित राजनीतिक दुर्घटनाहरू हुने गरेका उदाहरण छन् । चुनावपश्चात् परिवर्तित जनमतको आकांक्षाविपरीत मुलुक झन् अस्थिरता र अराजकताको भूमरीमा फस्दै गएको तथ्यहरू भेटिन्छन् । मुलुकमा राजनीतिक स्थिरता, सुशासन, समृद्धि र विकासका नाराहरू दिएर सम्पन्...

स्वच्छिक राष्ट्रिय समीक्षा २०२० का निम्ति युवाहरूको आह्वान

राज्यको समग्र विकास तथा समृद्धिका लागि युवा पुस्ता सबैभन्दा बलियो र भरसिलो सम्वाहक हुन् । उनीहरू मुलुकको राजनीतिक, आर्थिक, सामाजिक परिवर्तनका परिवाहक हुन् । मुलुकको विकासमा उनीहरूको भूमिका र योगदान सबैभन्दा महत्वपूर्ण र सशक्त हुन्छ यसमा दुई मत छैन । तसर्थ युवाहरूको सहभागिताले परिवार, समाज, मुलुक हुँदै विश्व जगतमा पुर्‍याउन सक्ने सकारात्मक परिवर्तनका पक्षहरूलाई निक्र्योल गरी नेपालका सातै प्रदेश...

नेपाली समाज र यसमा पाश्चात्य संस्कृतिको प्रभाव

नेपाल भन्नेबित्तिकै यसको उत्पत्ति कसरी भयो भन्ने लाग्छ । तर, सबैले यसको बारेमा नेपाल भनेर पढ्छन् । यसको खोज वा उत्पत्तिबारे धेरै नै अनभिज्ञता नै रहेको पाइन्छ । हुन त यसको ठ्याक्कै यही नै हो भनेर ठोकुवा त गरेको पाइँदैन तर पनि प्राचीन समयमा भन्दै वा त्यसको नामबाट अपभ्रंश भएर आएको पाइन्छ । जस्तैः भाषाका आधारमा उल्लेख गर्दा नेपाल शब्दको व्यूत्पत्ति केलाउने हो भने तिब्बती, नेवारी, किराँती, संस्कृत र ...

यसरी छिटो नेपालमा जलविद्युत् विकास सम्भव छ

नेपालमा सन् १९११ मा फर्पिङ जलविद्युत् (१५ सय किलोवाट) र सन् १९२७ मा चन्द्रनहर, जुद्धनहर सिंचाइ आयोजनाहरू जलस्रोत विकासमा पहिला पाइलाहरू हुन् । सन् १९३५ मा सुन्दरीजल विद्युत् गृह (१३५० किलोवाट) र पछि मोरङको लेटाङ शिखरबास जलविद्युत् गृह (१३ सय किलोवाट) निर्मण भएका थिए । पहिलो पञ्चवर्षीय योजना (२०१३–२०१८) सुरु हुनुभन्दा अघि नेपालमा विद्युत् उत्पादन जम्मा ६३ सय किलोवाट थियो । हालसम्मको अध्ययनबा...

महिला हिंसा र म्याडोना

चार वर्ष अघि, म काठमाडौंको एक स्कुलमा पढाउँथे । एकदिन स्कुलमा एकजना गुरुआमाले नौं कक्षामा अध्ययनरत एक छात्रा विद्यार्थीलाई हातमा समातेर तान्दै स्टाफ रुमभित्र ल्याइन् । आक्रोसित गुरु’माले ती छात्रालाई निकै कराइन् । लाजले रातो अनुहार लगाएकी छात्रा घोप्टो परेर ‘आइ एम् सरी म्याम’ भनिरहिन् । पछि छुट्टिने बेलामा थाहा भो– छात्रा विद्यार्थीले आफ्नो साथिलाई गम्लंग अङ्गालो हालेर ‘किस’ गर्दै बाई भनेकी रहिछिन...