रिलायन्स फाइनान्स र एभरेष्ट हस्पिटलबीच सम्झौता

  काठमाडौं– रिलायन्स फाइनान्स लिमिटेड र एभरेष्ट हस्पिटल प्रा.लि. नयाँवानेश्वरबीच स्वास्थ्य सेवामा छुट दिने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । यस सम्झौताअन्र्तगत रिलायन्स फाइनान्स लिमिटेडका समस्त ग्राहकवर्ग शेयरधनी तथा कर्मचारीहरूले एभरेष्ट हस्पिटल प्रा.लि.ले प्रदान गर्ने विविध स्वास्थ्य सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् । नेपाल राष्ट्र बैकबाट ‘ग’ वर्गको वित्तीय कारोबार गर्ने...

पशुपालनका लागि १३ करोड ऋण प्रवाह

तनहुँ– गत आर्थिक वर्षमा तनहुँमा पशुपछीपालनका लागि सहुलियत ब्याजदरको ऋण सुविधाअन्तर्गत रु १३ करोड २६ लाख कर्जा प्रवाह भएको छ । जिल्लामा रहेका विभिन्न छ वटा बैंकले पशुपछीपालनका लागि सहुलियत ब्याजदरको ऋण सुविधाअन्तर्गत सो कर्जा प्रवाह गरेको हो । पशुपछीपालनका लागि प्रदान गरिने सहुलियत ब्याजदरको ऋण सुविधामा किसानलाई तीनदेखि आठ प्रतिशतसम्म व्याज तिर्नुपर्छ । आर्थिक वर्ष २०७६÷७७ मा एक सय ८७ ...

वैदेशिक रोजगार व्यावसाय धरासायी भएको ठहर

काठमाडौं– वैदेशिक रोजगारका क्षेत्रमा सरकारी निकायहरूले विभिन्न समयमा गरेका अव्यवहारिक निर्णयहरूका कारण वैदेशिक रोजगार क्षेत्र धरासायी बन्दै गइरहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले निष्कर्ष निकालेको छ । वर्तमान कार्यसमिति चयन भएको एक वर्ष पूरा भएको अवसर पारेर बुधबार बत्तीसपुतलीस्थित संघको कार्यालयमा आयोजित कार्यक्रममा महासचिव सुजितकुमार श्रेष्ठले २० बुँदे कार्यप्रगति विवरण सार्वजनिक गर्द...

नेपालको सांस्कृतिक विविधताको खुलेर प्रशंसा

दोहा– ओमानका सम्पदा तथा पर्यटनमन्त्री स्यालिम विन मोहम्मद अल मरहुक्कीले नेपालको सास्कृतिक विविधताको खुलेर प्रशंसा गरेका छन् । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले नवनियुक्त मन्त्रीलाई बधाई तथा शुभकामना दिने क्रममा मन्त्रीले बिहीबार नेपालको प्रसंशा गरेका हुन् । राजदूत ढकालले पर्यटन मन्त्रीसँग नेपालको गर्विलो संस्कृति, प्रचुर प्राकृतिक पर्यटन तथा रमणीय स्थलहरूको वर्णन गर्दै पछि...

भोलिबाट आन्तरिक उडान

काठमाडौं– विश्वव्यापी कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण ६ महिनादेखि बन्द रहेको आन्तरिक हवाई उडान यही ५ असोजदेखि नियमित सञ्चालन हुँदै छ । बन्दाबन्दीले करिब ६ महिना व्यवसाय ठप्प प्रायः रहेको आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले सुरक्षित उडानका लागि सबैखाले तयारी गरिसकेको बताएका छन् । स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गर्दै सुरक्षित उडान सुनिश्चितताका लागि वायुसेवा कम्पनीले नेपाल ...

कृषि क्षेत्रमा सहकार्य गर्न तयार

दोहा– ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र ओमानका व्यापार, उद्योग तथा लगानी प्रवद्र्धन मन्त्री काइस मोहम्मद अल युसुफबीच शिष्टाचार भेटवार्ता भएको छ । राजदूत पराजुली ढकालले मन्त्री अल युसुफको कार्यकक्षमा भेट गरी ओमानको व्यापार, उद्योग तथा लगानी प्रबद्र्धन मन्त्रीको रूपमा नियुक्त भएकामा मन्त्री युसुफलाई बधाइ ज्ञापन गरेकी थिइन् । मन्त्री युसुफसँगको भेटमा नेपालको वर्तमान स्थिर राज...

आजबाट लामो दूरीका यातायात सञ्चालन

काठमाडौं– करिब ६ महिनापछि आन्तरिक उडान र लामो दूरीका यातायात आजदेखि सञ्चालनमा आउँदैछ । कोरोना संक्रमणको महामारी रोकथाम तथा नियन्त्रण गर्न गत ११ चैतदेखि सरकारले लकडाउन जारी गरेसँगै उडान र लामो दूरीका यातायात बन्द थियो । नेपालीको महान चार्ड दशैँ नजिकिँदै गर्दा सरकारले लकडाउनलाई खुकुलो बनाउँदै आन्तरिक उडान र लामो दूरीका यातायात सञ्चालन गर्ने अनुमित दिएको हो । यसअघि नै अन्तर्राष्ट्रिय नियमि...

ओराकलले टिकटकको अमेरिका व्यवसाय खरिद गर्ने सम्भावना बढ्यो

वासिङ्टन–लोकप्रिय चिनियाँ भिडियो–सेयरिङ एप्लीकेसन टिकटकले आफ्नो अमेरिका व्यवसाय अमेरिकी कम्पनी ओराकललाई बिक्री गर्ने संकेत दिएको छ । टिकटकको अमेरिका व्यवसाय खरिद गर्ने बारेमा माइक्रोसफ्टसँग लामो वार्ता भए पनि अन्ततः त्यो पहल समाप्त भएको माइक्रोसफ्टले जनाएको छ । माइक्रोसफ्टले आइतबार एक विज्ञप्ति जारी गर्दै टिकटकको मुख्य कम्पनी बाइटडान्सले आफ्नो प्रस्ताव अस्वीकार गरेको जनाएको छ । अमेरिक...

जग्गा प्राप्तिको काम सुरु

काठमाडौं– सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुनकोशी–मरिन डाइभर्सन आयोजनाको काम द्रुत गतिमा अगाडि बढाउन थालेको छ । सुनकोशीको पानी मरिन खोलामा झारेर प्रदेश नं २ का विभिन्न जिल्लामा सिँचाइ सुविधा उपलब्ध गराउने र विद्युत्समेत उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाले प्रारम्भिक कामलाई पूर्णता दिई अब खरिद प्रक्रिया शुरु गर्न लागेको छ । सोही क्रममा आइतबार जिल्ला प्रशासन कार्यालय रामेछापले क...

नेप्से प्रणालीमा समस्या देखिएपछि कारोबार प्रभावित

काठमाडौं– नेपाल स्टक एक्सचेञ्जको प्रणालीमा आइतबार पुनः समस्या देखिएको छ । पछिल्ला केही दिनदेखि देखिँदै आएको समस्या समाधान नहुँदा यसको प्रभाव आइतबार पनि बजारमा देखियो । जसका कारण दिउँसो केही समय लगानीकर्ताले शेयर किन्न र बिक्री गर्नसमेत समस्या व्योहोरेका छन् । यद्यपी समस्या समाधान गरिएसँगै कारोबार भएको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भयो । स्...