संविधान दिवसका अवसरमा १९ खेलकर्मी विभूषित

काठमाडौं – संविधान दिवसका अवसरमा नेपाली खेलकुद क्षेत्रका १९ जना विभूषित भएका छन् । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट १९ जना खेलकुद क्षेत्रका व्यक्तित्वले पदक तथा विभूषणबाट विभूषित हुन लागेका हुन् । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाललाई सुप्रबल जनसेवा श्री (तृतीय)बाट विभूषित गर्दैछ । यस्तै तेक्वान्दोकी कीर्तिमानी खेलाडी तथा प्...

एभर्टनको दोस्रो जीत

लन्डन – इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लगातार दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा वेस्ट ब्रुमलाई ५–२ गोल अन्तरले पराजित गर्दै एभर्टनले लगातार दोस्रो जित निकालेको हो । घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन डोमिनिक कल्भार्ट लेविनले ह्याट्रिक गरे । यस्तै जेम्स रोड्रिगेज र माइकल किनले एक एक गोल गरे । १० खेलाडीमा सिमित वेस्ट ब्रुमका ग्राडी डियानगाना र माथ्युस पेरिएराले एक एक ग...

पनेरुद्वारा ब्याडमिन्टन खेलसामाग्री सहयोग

काठमाडौं– ब्याडमिन्टनका पूर्व राष्ट्रिय च्याम्पियन पशुपति पनेरुले खेल सामग्री सहयोग गरेका छन् । नेपाली ब्याडमिन्टनका पूर्व शीर्ष खेलाडी पनेरुले रु ६० हजार बराबरको ब्याडमिन्टनको खेल सामग्री उपलब्ध गराएका हुन् । हाल अमेरिकामा रहेका पनेरुले ब्याडमिन्टनका अन्तर्राष्ट्रिय अम्पायर उदय अर्यालमार्फत उक्त सामग्री उपलब्ध गराएका हुन् । उक्त खेल सामग्री दशरथ रंगशालामा आयोजित एक कार्यक्रममा नेपालक...

आइलिग खेल्दै राजेश

काठमाडौं– नेपाली यु–२३ फुटबल टोलीका खेलाडी राजेश परियारले भारतीय क्लबबाट फुटबल खेल्ने भएका छन् । भारतको ‘बी’ डिभिजनको आई लिगका लागि अहमदाबादले परियारलाई अनुबन्ध गरेको हो । उनले सामाजिक सञ्जालमार्फत आफु भारतको अहमदाबादबाट खेल्न लागेको जानकारी गराएका हुन् । आई लिगका लागि परियार बिहीबार भारत जाँदै छन् । परियार अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीबाट उत्पादित खेलाडी हुन् । उनले गत व...

एन्फाद्वारा प्रशिक्षण खुला गर्न पहल

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबल प्रशिक्षण खुला गर्न सरकारसँग माग गरेको छ । एन्फाका पदाधिकारीहरूले आज राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाललाई भेटेर खेलाडीहरू निकै मारमा परेकाले उनीहरूलाई प्रशिक्षणको वातावरण तयार गरिदिन अनुरोध गरेका हुन् । विस्तारै सवै क्षेत्र खुला गर्दै गएकाले अब खेलाडीको प्रशिक्षण पनि सरकारले खुला गर्नुपर्ने एन्फा अध्यक्ष कर्माछिरि...

मैत्रीपूर्ण फुटबलका लागि प्रस्ताव

काठमाडौं – मैत्रीपूर्ण फुटबल खेल्न तीन देशले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई प्रस्ताव गरेका छन् । कोरोना महामारीका कारण देशभित्रका सम्पूर्ण खेल गतिविधि ठप्प रहेको अवस्थामा तीन देशले मैत्रीपूर्ण खेलका लागि नेपाललाई प्रस्ताव गरेका हुन् । कोरोनाले प्रभावित बनेका दक्षिण एसियाली मुलुकसँगै क्यारेबियन मुलुकबाट समेत मैत्रीपूर्ण खेलेका लागि प्रस्ताव आएको छ । एन्फाले दुई होम गेमसँगै एक अवे खेलक...

लकडाउनबीच निर्माणकार्यमा तिव्रता

चितवन– निषेधाज्ञाको समयमा पनि बहुचर्चित गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माण जारी रहेको छ । कार्यरत मजदुरलाई रंगशाला परिसरमा नै बस्ने व्यवस्था गरेर कामलाई निरन्तरता दिइएको हो । गत चैत ९ गतेबाट रोकिएको काम गत बैशाख २० गतेबाट पुनः थालिएको थियो । भरतपुर महानगरपालिकासँगको सहकार्यमा धुर्मुस–सुन्तली फाउण्डेसनले रंगशाला निर्माण गरिरहेको छ । हाल रंगशालामा १ सय ५० मजदुरले काम गरिरहेका छन...

क्रिकेटर भण्डारीको थप उपचार ग्रान्डीमा हुँदै

काठमाडौं– दुर्घटनामा गम्भीर घाइते भएका राष्ट्रिय क्रिकेट खेलाडी ललितसिंह भण्डारीलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । आइतबार साँझ कञ्चनपुरको झलारीमा दुर्घटनामा परेका भण्डारीको थप उपचार काठमाडौँस्थित ग्राण्डी अस्पतालमा हुने भएको छ । उनलाई सोमबार दिउँसो बाँकेको कोहलपुर मेडिकल कलेजबाट हेलिकप्टरमा ग्राण्डी ल्याइएको हो । धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ ख १३२४ नम्बरको मिनिट्रकले ...

नोभाराविरुद्धको जितमा रोनाल्डोको गोल

पेरिस – प्रि–सिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा युभेन्ट्सले फराकिलो जित निकालेको छ । आईतबार भएको खेलमा युभेन्ट्सले नोभारालाई ५–० गोल अन्तरले हराएको हो । नोभारा टुरिन क्लब हो । उसले ईटालीको तेस्रो डिभिजनको लिग खेल्छ । खेलमा अग्रता युभेन्ट्सले क्रिस्टियानो रोनाल्डोको गोलमा लिएको थियो । खेलको २० औं मिनेटमा रोनाल्डोले युभेन्ट्सलाई अग्रता दिलाएका थिए । ५६ औं मिनेटमा मेरिह डेमिरलले युभेन्ट्सको अग...

खेलकुद पर्यटन दिगो बनाउने अभियानका साथ ऐक्यबद्धता

काठमाडौं – विश्व पर्यटन दिवसको उपलक्ष्यमा आगामी सेप्टेम्बर २६ का दिन नेपालमा दिगो खेलकुद पर्यटनबारे अन्तरक्रिया हुने भएको छ । पर्वतीय खेलकुद महासंघ नेपालको संयोजन र नासा फाउन्डेसन नेपालको व्यवस्थापनमा पर्यटन दिवसको अवसरमा ‘सस्टेनेबल स्पोर्ट्स एण्ड टुरिजम फर प्रोस्पेरोउस नेपाल’ नामक अन्तरक्रिया हुने भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई मुख्य वक्ता रहने कार्यक...