विशेष सम्पादकीय, लुट मच्चाउने विद्यालयलाई कारबाही गर

साँच्चै भन्ने हो भने नेपाल त लुट्न सक्नेहरुका लागि मात्र भएको छ । जस्को शक्ति उसको भक्ति भनेको यहाँ चरितार्थ भएको छ । खासगरी सरकारसँग नजिक भएपछि जो सुकैले जे गरे पनि हुने भएको छ । अहिले कोभिड–१९ का कारण विश्वभरका विद्यालयहरु बन्द अवस्थामा छन् । यस्तो अवस्थामा पनि पनि निजी विद्यालयले भर्ना हुन आउन भनेको छ । लकडाउन अवधिको शुल्क बुझाउन निजी विद्यालयले अभिभावकसँग भनेपछि लुटको गन्ध बाहिर आएको छ । केही ...

आफ्ना चार सांसदसँग नेकपाले माग्योे स्पष्टीकरण

काठमाडौंं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले गत शनिबारको प्रतिनिधि सभामा अनुपस्थित आफ्ना ४ सांसदस“ग स्पष्टीकरण मागेको छ । निशान छापमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा समेट्ने गरी संविधान संशोधनका लागि प्रतिनिधि सभामा भएको मतदानमा अनुपस्थित भएका आफ्ना दलका ४ सांसदलाई मंगलबार पत्र पठाउ“दै नेकपा संसदीय दलका मुख्य सचेतक देव गुरुङले ५ दिनभित्र लिखित स्पष्टीक...

नेकपाको सचिवालय बैठक पुनः स्थगित

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पुनः स्थगित भएको छ । अमेरिकी सहयोग परियोजना (एमसिसी)बारे निर्णय गर्न आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बोलाइएको बैठक एक घन्टाअगाडि आकस्मिक बैठक स्थगित गरिएको हो । आकस्मिक काम परेकाले बैठक स्थगित भएको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए । बैठक स्थगित हुनुअगाडि अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल र ...

नयाँ संविधान जारी गर्नुपर्ने पक्षमा समाजवादी कांग्रेस

  काठमाडौं– नेपाल समाजवादी कांग्रेसको केन्द्रीय समितिको बैठकले देशको विभिन्न परिस्थितिको बारेमा छलफल गर्दै विभिन्न निर्णय गरेको छ । बैठकले लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र नेपालको भूमि भएकाले त्यसलाई स्वामित्वमा ल्याउन वर्तमान सरकारबाट पहल नगरे शासन सत्ता अन्त्यको निम्ति सशक्त आन्दोलन गर्ने र आन्दोलनकै क्रममा भारतसँंग वार्ताको पहल गर्ने निर्णय गरेको हो । यस्तै, पार्टीले रुकुम घट...

नेपालीहरुलाई उद्धार गर्ने तयारी

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले विश्वका जुनसुकै देशमा समस्यामा रहेका नेपालीहरुको उद्धार गर्ने तयारी भइरहेको बताएका छन् । उनले सोमबार देशबासीका नाममा सम्बोधन गर्दै कोभिड–१९ को विश्वव्यापी संक्रमणको कारणबाट स्वदेश फर्कन चाहनेहरुलाई विश्वका कुनै पनि कुनाबाट सरकारले सकेसम्म चाँडोभन्दा चाँडो उद्धार गर्नका लागि नेपालीहरुलाई स्वदेश फर्काउने व्यवस्था सम्बन्धी विस्तृत योजना जारी गरिने बताएका हुन् । क...

वैदेशिक रोजगारमा गएकालाई तत्काल उद्धार असम्भव– प्रधानमन्त्री

उनका अनुसार रोजगारदाता मुलुकहरुमा अलपत्र परेकाहरुमा प्राथमिकताका आधारमा अप्ठ्यारोमा परेकाहरुलाई मात्र स्वदेश ल्याउन सकिन्छ । प्रधानमन्त्री ओलीले नेपालको अवस्था अमेरिका, अष्ट्रेलियालगायत विकसित राष्ट्रहरुले थोरै संख्यामा आफ्ना नागरिकलाई सजिलै फिर्ता गरेजस्तो सजिलो नरहेको धाराणा व्यक्त गरेका छन् । उनले नेपाली नागरिक अन्य मुलुकमा धेरै संख्यामा रहेको कारण पनि सहज स्वदेश फिर्ता हुन नसक्ने तर्क गर्...

काभ्रे प्रवेश गर्ने सबै नाका बन्द

काभ्रेपलाञ्चोक, २५ बैशाख । कोरोना भाइरस संक्रमणको उच्च जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोक प्रवेश गर्ने सबै नाका आज बिहीबारदेखि बन्द गरिएको छ । काभ्रेपलाञ्चोकसँग जोडिएका सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, भक्तपुर, ललितपुर र मकवानपुर नाकाबाट नागरिकलाई जिल्ला आवतजावतमा पूर्णरूपमा रोक लगाइएको हो । जिल्लास्थित कोभिड–१० रोकथाम तथा नियन्त्रण, व्यवस्थापन कमाण्ड पोष्टले सिन्धुपाल्चोकसँग जोडिएको मण्डनदेउप...

लकडाउन १० दिन थप

काठमाडौं– सरकारले लकडाउन अवधि १० दिन थप गरेको छ । मुख्य सचिवको नेतृत्वमा रहेको कार्यदलले सरकारलाई थप एक हप्ता लम्ब्याउन उपयुक्त हुने सुझाव दिएपछि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन अवधिलाई १० दिन लम्ब्याउने निर्णय गरेको हो । यसअघि नै प्रधानमन्त्री केपी ओलीले लकडाउनलाई जारी राख्ने कि हटाउने सम्बन्धमा मुख्य सचिवको नेतृत्वमा कार्यदल बनाएको थियो । त्यसो त उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश...

‘लकडाउन’ अवधि थपिँदै

काठमाडौं– सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान २ जेठसम्म बन्द गर्ने निर्णय गरेको छ । शनिबार कोरोनाना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको सिंहदबारमा बसेको ् बैठकले यस्तो निर्णय गरेको हो । बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय उडानलाई थप समय रोक्ने निर्णय भएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिए । यसअघि १८ वैशाखसम्म अन्तर्राष्ट्रिय र आन्तरिक उडान स्थगित गर्ने निर्णय ...

दुबै अध्यादेश फिर्ता

काठमाडौं– सरकारले दुबै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । चौतर्फी विरोध भएपछि शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले विवादास्पद दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । सत्तारुढ दल र विपक्षी दलहरुबाट विधेयकको चर्को विरोध गरेपछि बैठकले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । सरकारको सिफारिसअनुसार अब राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने व...