सरकारमाथि मानवीयता हराएको आरोप

लोकराज रुम्दाली काठमाडौं– सरकारमाथि मानवीयता हराएको आरोप लागेको छ । नोबेल कारोना भाइरस (कोभिड–१९) का कारण विदेशमा अलपत्र रहेका नेपालीको उद्धार प्रक्रियामा सरकारको आनाकानी तथा महंगो विमान चार्टर्ड भाडा असुलेर पीडितलाई झन् पीडा दिएपछि सरोकारवालाहरुले सरकारलाई मानवीयता हराएको आरोप लगाएका हुन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष विमल ढकालले कोभिड–१९ को संकटमा नेपालीको उद्धार गर्नुपर...

कामकाजमा नआएको भन्दै पाँच चिकित्सक बर्खास्त

बुटवल, २६ चैत । लुम्बिनी प्रादेशिक अस्पतालमा करारमा कार्यरत पाँच जना चिकित्सकलाई सेवाबाट बर्खास्त गरिएको छ । कोरोना संक्रमणको महामारीका बेला कामकाजमा नआएको भन्दै उनीहरुलाई सेवाबाट बर्खास्त गरिएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयले कुनै पनि स्वास्थ्यकर्मीलाई बिदामा नबस्न भनेको छ । तर, प्रादेशिक अस्पतालमा कार्यरत ती चिकित्सक बिना जानकारी कार्यालयमा हाजिर नभए भन्दै बर्खास्ती गरिएको जनाएको छ...

कोभिड-१९ प्रभाव : राष्ट्रसंघद्वारा शान्तिसेना परिचालन स्थगित

न्यूयोर्क, २६ चैत (एजेन्सी) । कोरोनाभाइरस महामारीलाई दृष्टिगत गरी संयुक्त राष्ट्रसंघले शान्ति सैनिक परिचालन र अदलीबदलीका सबै कार्यक्रम आगामी जुन ३० तारिखसम्मका लागि स्थगित गरेको छ । राष्ट्रसंघका अनुसार विश्वका विभिन्न भागमा तैनाथ शान्ति सैनिक, सैन्य अधिकृत तथा प्रहरी अधिकारीहरुको परिचालन पनि स्थगित भएको छ । राष्ट्रसंघीय महासचिवका प्रवक्ता स्टेफान डुजारिकले भने, ‘हाम्रो अहिलेको सर्वोच्च प्राथ...

भारतमा सांसदको तलब कटौती गर्ने सरकारको निर्णय, प्रतिपक्षीद्वारा स्वागत

नयाँदिल्ली, २५ चैत । कोरोना भाइरसको संक्रमण विश्वव्यापी बनिरहेका बेला भारत सरकारले पेन्सन र तलबसम्बन्धी नियममा केही परिवर्तन गर्ने घोषणा गरेको छ । सरकारको यो घोषणाले प्रधानमन्त्रीसहित सबै सांसदको तलब ३० प्रतिशतले कटौती हुने देखिएको छ । सोमबार मन्त्रिपरिषद्को बैठकपछि भारतका सूचना प्रसारणमन्त्री प्रकाश जावडेकरले सांसदको तलब कटौती गर्ने निर्णय गरिएको पुष्टि गरेका छन् । बैठकले दुईवटा महत्वपूर्ण न...

प्रहरीको स्टिङ अप्रेशनको फन्दामा शंकर ग्रुपका सञ्चालक अग्रवाल

काठमाडौं, २५ चैत । यतिखेर विश्व कोरोना भाइरस संक्रमणको महामारीको संकट छ । तर, यही संकटको मौकामा व्यापारीले कसरी नाफा कमाउन खोज्दा रहेछन् उदाहरण बनेका छन् जगदम्बा स्टिल कम्पनीका सञ्चालक सलभ अग्रवाल । नेपाल प्रहरीले मंगलबार ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गरेको अभियोगमा शंकर गु्रपका सञ्चालक अग्रवाललाई पक्राउ गरेपछि यसको पुष्टि भएको छ । महानगरीय अपराध अनुुसन्धान महाशाखाका प्रमुख सहकुल थापाका ...

अस्ट्रेलियामा बिहीबार कोरोना भाइरसको खोप परीक्षण सुरु

क्यान्बेरा, २० चैत (एएनआई) । अस्ट्रेलियाको राष्ट्रिय वैज्ञानिक तथा औद्योगिक अनुसन्धान संगठन (सिसिरो)ले कोरोनाभाइरस प्रतिरोधी खोप (भ्याक्सिन) को परीक्षण सुरु गरेको छ । सिसिरोले मेलबोर्नबाट ७५ किलोमिटर दक्षिणको गीलोङस्थित अस्ट्रेलियाली पशु स्वास्थ्य प्रयोगशाला (एएएचएल)मा पहिलो चरणको परीक्षण आरम्भ गरिएको बिहीबार घोषणा गरेको हो । यो परीक्षण करिब तीन महिनामा सम्पन्न हुनेछ । यो भ्याक्सिनको प्रभावका...

लकडाउन प्रभाव : भारतको दिल्लीमा सयौँ नेपाली अलपत्र

बैतडी, २० चैत । लकडाउनका कारण भारतका विभिन्न शहरमा अलपत्र परेका नेपाली नागरिकको बिचल्ली भएको छ । कोरोना भाइरसले विश्वव्यापी महामारीको रूप लिएसँगै भारत सरकारले लकडाउन घोषणा गरेपछि चार सय नेपाली नागरिक अलपत्र परेका हुन् । अलपत्र परेका नेपाली नागरिकमध्ये अधिकांश सुदूरपश्चिम प्रदेशका रहेका भारतको दिल्लीमा बिचल्लीमा परेका बैतडीको दोगडाकेदार–८ कालागाँउका डम्बर बिष्टले जानकारी दिए । बैंग्लोरबाट घर ...

लकडाउन उग्लंघन गर्नेलाई गोली हान्न आदेश

काठमाडौं, २० चैत (एजेन्सी) । फिलिपिन्सकामा राष्ट्रपति रोड्रिगो डुटर्टेले लकडाउन उग्लंघन गर्नेलाई गोली हान्न प्रहरीलाई आदेश दिएको छ । राष्ट्रपति रोड्रिगोले पुलिस र सेनालाई लुजोनको टापुमा लागू गरिएको एक महिने लकडाउनका बेला समस्या निम्त्याउने जोकोहीलाई गोली हान्न आदेश दिएका हुन् । बुधबार राति टेलिभिजनमार्फत सम्बोधन गर्दै रराष्ट्रपति रोड्रिगोले भने, ‘मेरो आदेश प्रहरी र सेनाका अधिकारीलाई हो । यदि ...

प्रधानमन्त्रीको ठाडो निर्देशनमा ओम्नी समूहसँग सम्झौता रद्द, स्वास्थ्यमन्त्रीविरुद्ध अख्तियारमा उजुरी

  काठमाडौं, १९ चैत । स्वास्थ्य सेवा विभागले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग गरेको सम्झौता रद्द गरेको छ । चीनबाट उक्त समूहसँग सम्झौताअनुसार ल्याएका स्वास्थ्य सामग्री खरिदमा विवाद आएपछि सम्झौता नै रद्द गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन अन्तर्गत बुधबार उक्त जानकारी गराएका हुन् । स...

पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने ८ नेपाली संक्रमित

लिस्बन, १९ चैत । पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका ८ जना नेपालीमा कोरोनाको संक्रमण भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए । उनीहरुमध्ये एक जनालाई दुई सातादेखि निरन्तर ज्वरो आएको थियो । उनले स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । उनमा संक्रमण पुष्टि भएलगत्तै फ्...