सडक दुर्घटनामा दुई जनाको मृत्यु

रुपन्देही– सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरीका अनुसार सालझण्डी सडकखण्डमा लु २४ प ९७६८ नम्बरको मोटरसाइकललाई ना ६ ख ९४१ नम्बरको बसले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो ।
आइतवार बिहान बुटवल फर्किदै गरेका दुई युबालाई पूर्वबाट पश्चिम जाँदै गरेको बसले ठक्कर दिँदा प्यूठानको झिमरुक गाउँपालिका १ सौतामारेका २१ वर्षका सञ्जय खनाल र वडा नम्बर १ अहालेका फिरोज केसीको ज्यान गएको छ ।
बुटवलमा अध्ययनरत ती युबाहरू आइतबार राति साथीको कोठामा पढ्न भनेर गएका थिए । घटनाको सत्यतथ्यताबारे अनुसन्धान भइरहेको ट्राफिक कार्यलय रुपन्देहीले जनाएको छ ।

Published On: Time : 12:43:23  

तपाईको प्रतिक्रिया