सूर्या लाइफ इन्स्योरेन्स १४ औं वर्षमा प्रवेश

काठमाडौं– सूर्या लाइफ इन्स्योरेन्स कम्पनी १३ औं वर्ष पूरा गरी १४ औं वर्षमा प्रवेश गरेको छ ।

यहाँसम्म आइपुग्दा आफुसँग अटुटका साथ सहकार्य गर्ने तथा कम्पनीलाई जिवनबिमाको क्षेत्रमा सवल कम्पनीको रूपमा स्थापना गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्ने वर्ग, बीमित, अभिकर्ता, नियमनकारी निकाय बिमा समिति, धितोपत्रबोर्ड, कम्पनी रजिस्टार कार्यालय, संचालक समिति, शेयरधनी, कर्मचारीलगायत सम्पुर्ण देशवासीमा आभार प्रकट कम्पनीले गरेको छ ।

साथै आगामी दिनमा आङ्खना सेवाहरूलाई अझ सरल, मर्यादित तथा विश्वसनीय बनाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

आङ्खना सेवाग्राही, बीमित, अभिकर्ता तथा सरोकारवालाको राय सुझावका आधारमा आगामी दिनमा समय सापेक्ष जीवन बीमा योजनाहरू क्रमशः सञ्चालनमा ल्याउन कम्पनी क्रियाशील एवम् प्रतिवद्ध रहेको पनि कम्पनीले जनाएको छ ।

 

Published On: Time : 7:38:13  

तपाईको प्रतिक्रिया