अनलाइनबाट पुनः श्रम स्वीकृति लिन सकिने


काठमाडौं– वैदेशिक रोजगार विभागले अनलाइनमार्फत मात्र पुनः श्रम स्वीकृति दिन वैदेशिक रोजगार कार्यालयहरूलाई निर्देशन दिएको छ । विभागले शुक्रबारदेखि भौतिक रूपमा उपस्थित भएर प्रदान गरिने सेवा बन्द गर्न आफू मातहतका श्रम कार्यालयहरूलाई निर्देशन दिएको हो ।

कोरोनाको जोखिम नियन्त्रणका लागि सरकारले निषेधाज्ञा लागू गरेसँगै अन्तर्राष्ट्रिय उडानहरू बन्द भएपछि विभागले भौतिक रूपमा उपस्थित भएर दिइने सेवा २४ बिहीबारदेखि बन्द गर्न निर्देशन दिएको छ । विभागको निर्देशन अनुरूप भौतिक रूपमा उपस्थित भएर दिइने सेवाहरू जस्तो अन्तिम श्रम स्वीकृति, वैधानिकीकरण तथा नयाँ श्रम स्वीकृति अन्तर्राष्ट्रिय उडान सञ्चालन नभएसम्मको लागि बन्द गरेको ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयले जनाएको छ ।

अनलाइनमार्फत पुनः श्रम स्वीकृति भने प्रदान गरिने कार्यालयले जनाएको छ । अनलाइन सेवाबारे थप जानकारीका लागि वैदेशिक रोजगार कार्यालयमा सम्पर्क गरेर बुझ्न सकिने बताइएको छ ।

Published On: Time : 9:40:44  

तपाईको प्रतिक्रिया