सडक दुर्घटनामा चार जनाको मृत्यु


नवलपरासी– नवलपरासीको बर्दघाट दाउन्ने सडकखण्डको सिस्नेखोलानजिकै भएको सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ । काठमाडौंबाट रुकुम जाँदै गरेको ना ५ ख २७१३ नम्बरको बस पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने बर्दघाट दाउन्ने सडकखण्डमा बुधबार बिहान ६ बजे दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।
दुर्घटनामा ज्यान गुमाउनेमध्ये रुकुम पश्चिम घर हुने २७ वर्षीय कल्पना पुनको सनाखत भएको छ भने बाँकी ३ जनाको सनाखत हुन नसकेको ट्राफिक प्रहरी कार्यालय नवलपरासी पश्चिमका ट्राफिक प्रहरी निरीक्षक वासु नेपालले जानकारी दिएका छन् । उनका अनुसार बसमा अन्दाजी ४५ यात्रु रहेको र तीमध्ये ३५ जनाभन्दा धेरै घाइतेहरुलाई घटनास्थलबाट उद्धार गरी केहीलाई बुटवल र केहीलाई स्थानीय चिसापानी अस्पतालमा पठाइएको छ । घटनाबारे थप अनुसंधान भइरहेको प्रहरीले जनाएको छ ।

Published On: Time : 3:33:47  

तपाईको प्रतिक्रिया