कोरोना संक्रमितलाई संग्रौलाले दिए एम्बुलेन्स


झापा– राष्ट्रिय प्रजातन्त्र पार्टी नेता लक्ष्मीप्रसाद संग्रौलाले कोभिड संक्रमितको उपचारमा अक्सिजनसहितको निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा गरेका छन् । गौरीगन्ज, गौरादहलगायत क्षेत्रहरूबाट कोरोनाको लक्षण देखापरेका बिरामीहरूलाई सहज तरिकाले अस्पतालसम्म पुग्न सहयोग पु¥याउने उद्देश्यले गरिबीको रेखामुनि रहेका तथा आर्थिक अभावमा अस्पतालसम्म पुग्न नसक्ने नागरिकलाई एम्बुलेन्स खर्च आफूले बेहिरिदिने गरिदिने घोषणा गरेका हुन् ।
कोरोनाको लक्षण देखापरेको अवस्थामा तत्कालै अस्पताल पुगेर परीक्षण गराउँदा सम्भावित जोखिम कम हुने र समुदायमा कोरोना फैलिनबाट समेत जोगिन सक्ने भएकाले तत्काल अस्पताल जान उनले आग्रह गरेका छन् ।
एम्बुलेन्स सेवाका लागि सामाजिक अगुवा जय गुरुङ, पत्रकार सान नेपाल, महिला सशक्तीकरण अध्यक्ष भरिपूर्ण राई तथा पत्रकार सुदीप अधिकारीसँग सम्पर्क गर्न सकिने बताइएको छ ।
‘महामारीको भयावह अवस्था आउँदै छ, मिलेर समाधान गर्नु पर्छ,’ संग्रौलाले भने । पहिलो चरणमा निःशुल्क एम्बुलेन्स सेवालाई महत्व दिएको बताउँदै नेता संग्रौलाले आवश्यकताअनुसार अन्य सहयोग पनि पु¥याउँदै जाने बताएका छन् ।
आर्थिक रूपमा बिपन्न परिवारको शिक्षा स्वास्थ्यलगायत मानवीय सेवासँग जोडिएका सबैखाले सहयोगका लागि अत्यन्तै क्रियाशील रहँदै आएका नेताका रुपमा संग्रौला परिचित छन् । मानवीय सेवालाई नै पवित्र सेवा मान्ने नेता संग्रौलाले गौरादहर गौरीगन्ज क्षेत्रमा साना ठूला गरी दर्जनौँ राहतका प्याकेजहरू वितरण गरिसकेका छन् भने कोभिडको समस्या टर्नेबित्तिकै महिलाहरूको पाठेघर खस्ने सम्बन्धि बृहत् स्वास्थ्य शिविर निःशुल्क रूपमा संचालन गर्ने घोषणासमेत गरिसकेका छन् ।
सामाजिक अगुवाका रूपमा लामो समयदेखि लागिरहेका संग्रौला राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय सदस्य, केन्द्रीय कार्यसम्पादन सदस्य हुन् भने दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक संघ÷संगठनमा समेत आवद्ध छन् ।

Published On: Time : 7:00:38  

तपाईको प्रतिक्रिया