वैदेशिक रोजगारीमा जानेको तथ्यांक फरक–फरक


काठमाडौं– नेपालबाट वैदेशिक रोजगारीमा जानेहरूको एकीन तथ्यांक नरहेको पाइएको छ । वैदेशिक रोजगारीमा विदेश जाने श्रमिकको एकीन तथ्यांक कतै पनि नरहेको पाइएको हो ।
सोमबार कोभिडः वैदेशिक रोजगारीमा रहेकाहरूको चुनौती विषयमा आयोजना गरिएको वेबिनारमा सहभागीहरूले दिएको तथ्यांक फरक परेको हो । कार्यक्रममा हेल्भेटासका नेपाल डाइरेक्टर डा.भरतकुमार पोखरेलले अहिलेको अवस्थामा विदेशमा करिब ३३ लाख नेपाली कार्यरत रहेको जानकारी दिएका थिए । उनले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्यांकमा श्रमस्विकृती लिनेको संख्या ४० लाख र फर्किनको संख्या ७ लाख रहेको बताएका थिए । तर कार्यक्रममा सहभागी मलेसियाका लागि नेपाली राजदूत उदयराज पण्डेले भने यो संख्या करिब १५ देखि १७ लाख मात्रै रहेको बताएका थिए ।
राजदूत पाण्डेले मलेसियामा मात्रै अहिले २ लाख नेपाली रहेको जानकारी गराएका थिए । नेपाल फर्किनेको तथ्यांक नराखिएकाले विदेशमा रहेका नेपालीको संख्या बढी देखिएको भए पनि अहिले करिब १७ लाख नेपाली विदेशमा रहेको उनको भनाइ छ । कसको प्रयोजनाका लागि तथ्यांक धेरै देखाइएकको हो भन्ने उनको प्रश्न थियो ।
यता वैदेशिक रोजगार व्यवसायी संघका महासचिब सुजितकुमार श्रेष्ठले सोही कार्यक्रममा आपूmहरू ४० लाख श्रमिकको अभिभावक भएको बताएका थिए । उनले आपूmहरू उनीहरूको अभिभावकत्व लिएको भनिरहँदा राजदूतले भने विदेशमा काम गर्नेको संख्या १५ देखि १७ लाख मात्र रहेको बताएपछि विदेशमा रहेका श्रमिकको एकन तथ्यांक कसैसँग नरहेको अवस्था देखिएको हो ।
विदेशबाट नेपाल फर्किनेको तथ्यांक राख्ने काम नभएकाले समस्या भएको वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले बताएका छन् । श्रमस्विकृति लिनेको संख्या रहेको र नेपाल फर्किनेको एकीन तथ्यांक राख्ने प्रक्रियामा रहेको उनले जानकारी दिए । रेमिटान्सले देशको कुल गाह्र्रस्थ उत्पादनमा एक चौथाइ हिस्सा ओगटेको वैदेशिक रोजगारीको क्षेत्रको एकीन तथ्यांक कसैसँग नहुनु दुःखद पक्षका रूपमा रहेको सरोकारवालाले बताएका छन् ।

Published On: Time : 10:00:50  

तपाईको प्रतिक्रिया