महानायक र सुपरस्टार एउटै फ्रेममा


काठमाडौं– पछिल्लो समय निकै चर्चित तथा व्यस्त निर्देशक देवेन्द्र पाण्डेले महानायक राजेश हमाल, महानायिका करिश्मा मानन्धर, सुपरस्टार पल शाह, सुपरस्टार पूजा शर्मालाई एउटै भिडियोमा खेलाएका छन् । यो भिडियो सुपरस्टार र महानायकसँग खेलेको पहिलो भिडियो हो ।
पुरानो पुस्ताका चर्चित जोडी र नयाँ पुस्ताको दुई चर्चित जोडीलाई । ‘हल्का हल्का लजाएर’ शीर्षकको गीतको भिडियोको फ्रेममा उतारेर ऐतिहाँसिक काम गरेका छन्, निर्देशक पाण्डेले । योभन्दा अगाडि यी चार हस्ती एउटै पर्दामा देखिएका थिएनन् । गीत रिलिजका दिन नायिका पूजा शर्माले आङ्खनो फेसबुक लाइभ आएर आङ्खना लागि यो भिडियो ठूलो अवसर र ऐतिहासिक काम भएको बताएकी छन् । उनले आफूले सानोमा करिश्मा र राजेशको फिल्म हेरेर हुर्केको भन्दै अहिले सँगै काम गर्न पाउँदा खुसी लागेको बताएकी छन् । सुपरस्टार पल शाहले जिन्दगीमा राजेश हमालसँग काम गर्ने इच्छा रहेको भन्दै निर्देशक पाण्डेले त्यो इच्छा पूरा गरिदिएको प्रतिक्रिया दिएका छन् ।
महानायिका करिश्मा मानन्धरले पनि फेसबुक लाइभमा अहिलेको चर्चित जोडीहरूलाई राखेर म्युजिक भिडियो बनाएको भन्दै निर्देशक पाण्डेलाई बधाइ दिएकी छन् । भिडियोमा निर्देशक पाण्डेले निकै मेहनत गरेको करिश्माको भनाइ छ । दुई पुस्तालाई निर्देशक पाण्डेले एउटै फ्रेममा राखेर चर्चित जोडीहरूलाई उतारेर म्युजिक भिडियो बनाउने कार्य चुनौतीपूर्ण रहेको करिश्माको कथन छ ।
महानायक राजेश हमालले लगातार निर्देशक पाण्डेको म्युजिक भिडियोमा खेल्न पाउँदा आफूलाई खुसी लागेको प्रतिक्रिया दिएका छन् । उनले निर्देशक पाण्डेले म्युजिक भिडियोमा निकै चुनौतीपूर्ण काम गरेको भन्दै प्रशंसा गरेका छन् । राजेशले अघिल्ला म्युजिक भिडियोमा भन्दा निर्देशक पाण्डेको म्युजिक भिडियोमा अभिनय गर्न आनन्द र रमाइलो लागेको अनुभव सुनाए ।
सन्तोष श्रेष्ठको संगीत, चन्दा प्रसाइँको शब्द रहेको गीतमा गोपाल रसाइलीले एरेञ्ज गरेका छन् । ‘हल्का हल्का लजाएर’ बोलको यो म्युजिक भिडियो दुई हप्ता सम्म युट्युबको ट्रेण्डिङमा परेका छ ।
निर्देशक पाण्डेले ३५० भन्दा धेरै म्युजिक भिडियोका निर्देशन गरेका छन् । ती गीतहरूभन्दा ‘हल्का हल्का लजाएर’ बोलको म्युजिक भिडियोबाट निर्देशक पाण्डेले सन्तुष्टि व्यक्त गरेका छन् । यो भिडियो महँगो बजेटमा तयार गरिएको भिडियो हो ।
पाण्डेले म्युजिक भिडियोका साथै बिज्ञापन चलचित्रहरू पनि निर्देशन गरेका छन् । उनले निर्देशन गरेको चलचित्र ‘वान साइड लभ’ र ‘भिलेन’ व्यावसायिकरूपमा सफल चलचित्र हो । पाण्डेले यसै वर्ष २ वटा अवार्डसमेत हात पारेका छन् । आठौँ नेसनल क्यापिटल अवार्ड र ११औँ रमपम विन्ध्यबासिनी म्युजिक अवार्ड निर्देशक पाण्डेले हात पारेका हुन् । पछिल्लो समय निर्देशक पाण्डे निकै चर्चित, व्यस्त र महँगो निर्देशकमा पर्छन् ।

 

Published On: Time : 6:30:23  

तपाईको प्रतिक्रिया