बेलायतमा २४ घन्टाभित्र ४८ हजारभन्दा बढी संक्रमित


लन्डन– बेलायतमा कोरोना महामारीका थप संक्रमित देखिएका बताइएको छ । यहाँ पछिल्लो हप्ता हरेक दिनजसो संक्रमित बढेका हुन् । दुई महिना अघिदेखि निकै शक्तिशाली रूपमा देखा परेको ‘इन्डियन कोभिड भेरियन्ट’ को संक्रमण बेलायतमा हाल तीव्र रूपमा बढ्न थालेको बताइएको हो ।
यहाँ गएको २४ घन्टाभित्र ४८ हजारभन्दा बढी संक्रमित देखिएका प्राप्त समाचारमा जनाइएको छ । यो समेतगरी बेलायतमा अहिलेसम्म संक्रमित हुने व्यक्तिको संख्या ५४ लाख ३३ हजार पुगेको पनि समाचारमा जनाइएको छ । साथै गएको २४ घन्टाभित्र यस संक्रमणबाट २५ जनाको निधन भएको छ । यो समेतगरी बेलायतमा कोरोनाको संक्रमणबाट निधन हुने व्यक्तिको संख्या एक लाख २८ हजारभन्दा बढी पुगेको बताइएको छ ।
बेलायतमा पछिल्लो समयमा यसको संक्रमण बढेको तथ्यांकले देखाएको छ । बेलायतमा पछिल्लो समयमा ‘इन्डियन कोभिड भेरियन्ट’ को संक्रमण फैलिएको बताइएको छ । यो भेरियन्ट पहिलाको तुलनामा बढी संक्रामक रहेकोले विज्ञहरूले बताएका छन् । बेलायतमा ८८ प्रतिशत वयस्कले कोरोना भाइरसका विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् भने अरु ६८ प्रतिशतले दोस्रो मात्रा नै लिएका बताइएको छ ।
बेलायतका स्वास्थ्यमन्त्रीले यो खोपको वितरणको कार्यलाई प्राथमिकतामा राखिएको बताएका छन् । बेलायतमा खोप लगाउने कामलाई निकै प्राथमिकतामा राखिएको भए पनि यहाँ संक्रमित थपिने क्रम भने रोकिएको छैन । पछिल्ला हप्ताहरूमा मृत्यु दर भने कम भएको स्वास्थ्य अधिकारीले जनाएका छन् ।

Published On: Time : 2:59:22  

तपाईको प्रतिक्रिया