खानेपानी व्यापारको वस्तु होइन


आजभन्दा ५-६ दशकअभिका बुबाआमाको कुरा अहिले कत्तिलाई उखानजस्तो लाग्न सक्छ । कत्ति जनालाई उहाँहरूको कुरा गफै मात्र हो जस्तो पनि अनुभव हुन सक्छ । तर ती बुबाआमाको कुराहरूले सत्यता र कुनै अर्थ बोकेको हुन्छ । ती मध्ये एउटा सत्य कुरा आजभन्दा ५-६ दशकअघि नेपालले अन्य मुलुकमा खाद्य सामग्री निर्यात गथ्र्यो रे । तर अहिलेको अवस्थालाई हेर्ने हो भने हामी स–साना खाद्यवस्तु पनि अन्य मुलुकबाट आयात गर्छौँ । यस्तो हुनुको महत्वपूर्ण कारण सिंचाइको अभाव पनि हो ।
करिब ५÷६ दशकअधि उपत्यकाको प्रमुख सहरमा मात्र बजार लाग्थ्यो रे । अरु सबै ठाँउमा खेतैखेत र फाँटैफाँट मात्र थियो रे । सिंचाइ पनि आकाश कै पानीले सम्भव थियो । आकाशबाट परेको पानी जमिनले सोस्ने गरेको हुनाले सिंचाइको त्यस्तो केही समस्या हुदैन थियो रे । यस विषयमा एकजना वुद्धले सोध्दा उनले सिधा रूपमा भने– हेर नानी, पहिलेका घरहरू अझै खर, झिँगटी र ढुंगाले छाएको हुन्थ्यो । कही पनि सिमेन्टको प्रयोग गरिएको हुँदैन, बाटो पनि स–साना गोरेटो मात्र हुन्थे । जसले गर्दा आकाशबाट आएको पानी सिधै जमिनले सोस्थ्यो र ठाँउठाँउमा पानीको मुल फुट्थ्यो । मुल फुटेकै पानीले खान र सिंचाइ गर्न पुग्थ्यो । सबै मुलहरू घर बनाएर बन्द भइहाल्यो । अहिले त खानेपानीको त हाहाकार छ सिंचाइको कुरै छोड्देऔँ ।
यही मौका छोपेर करिब आजभन्दा तीन दशकअघि अर्थात ०४८ सालमा काठमाडौं क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसको एकदमै स्वाभिमानी नेता कुष्णप्रसाद भट्टराई पार्टीको टिकट लिएर मैदानमा उत्रिए । उनको एउटै नारा के थियो भने उपत्यकाबासीको घरको धाराधारामा मेलम्चीको पानी ल्याउने र मेलम्चीको पानीबाट काठमाडौंको सडक पखाल्ने । तर उनका लागि त्यो चुनाव जित्नु भनेको फलामको चिउरा चपाउनुजस्तो थियो किनभने उनाको विपक्षमा एमालेको एकदमै शक्तिशाली नेता उठेका थिए । काठमाडौंका बासिन्दाले उनको कुरामा विश्बास गरेनन् र उनले चुनाव हारे ।
उनले चुनाव हारे पनि लाखौँ नेपालीको मन जिते किनभने उनले वर्षौँदेखि लाखौँ नेपाली जनताले भोगेको समस्याबारे आवाज उठाएका थिए । त्यतिखेर उपत्यकामा खानेपानीको एकदमै हाहाकार थियो । उनले गरेको त्यो महत्वपूर्ण भाषण तीन दशकपछि पूरा भयो । उनको स्वर्गारोहण भए पनि उनले नेपाली जनतामाझ गरेको वचन पूरा गरेका छन् । कुष्णप्रसाद भट्टराई आज हामी माझ एक उदाहरणीय नेता बन्न पुगेको छन् । उनले मलाई भोट दिने मतदाताहरूलाई मेलम्चीको पानी खुवाउँछु नभनेको भए आज सायदै उपत्यकाबासीले मेलम्चीको पानी देख्न पाउँथे होलान् । केही दिनका लागि मात्र भए पनि उपत्यकाको तीन जिल्लामा बसोबास गर्नेले मेलम्चीको पानी उपभोग गर्न पाए । मेलम्चीको पानी उपभोग गर्न पाउनु भनेको हामी नेपालीका लागि सानो कुरा थिएन ।
भट्टराईले भनको कुरा ३ दशकपछि पूरा त भयो र केही सिमित समयका लागि उपत्यकाबासीको घरको धाराधारामा मेलम्चीको पानी आयो । मेलम्चीको पानी प्रयोग गर्न पाउँदा उपत्यकाबासीमा खुसीको सीमा रहेन । तर त्यो हर्षौलास पनि उपत्यकाबासीमा धेरै दिन रहन पाएन । हाम्रा निवर्तमान प्रधानमन्त्री केपी ओली सत्तामा भएको बेला मेलम्चीको पानी काठमाडौं आयो । राष्ट्रपति र तत्कालीन प्रधानमन्त्रीद्वारा यसको उद्घाटन भयो । तर यो मेलम्चीको पानी काठमाडौं ल्याउनमा राष्ट्रपति र तत्कालीन प्रधानमन्त्री केही पनि त्यस्तो ठूलो भूमिका रहेको थिएन ।
नेपाल जलस्रोतको दोस्रो धनी देश हो । हाम्रो राष्ट्रमा लगभग ६ हजार जलस्रोतको मुहानहरू छन् । तर हाम्रै राष्ट्रमा खानेपानीको अभाव किन ? यसको एक मात्र कारण हो हाम्रो देशमा सत्तामा बस्नेहरूले आफ्नो बारेमा मात्र सोच्नु । जनता बाँचे, बाँचून्, मरे मरून् भन्ने मनस्थिति अहिलेको सत्ता चलाउनेहरूको छ त्यसले गर्दाखेरि पनि खानेपानीको हाहाकार भइरहेको अवस्था देखिन्छ । अझै हामीले कत्ति दुर्गम जिल्लामा खानेपानीका लागि भनेर घन्टौँको बाटो हिँड्नुपर्ने पनि सुनेको छौँ ।
खानेपानीको हाहाकार हुनु र यसको एकलौटी फाइदा भने पानी ट्यांकरले उठाइरहेका छन् । पानी ट्यांकरहरूले जमिनमुनिबाट बोरिङ गरेको पानी ल्याएर महँगोमा बेच्ने गरेको छन् । मैले सुने र बुझेअनुसार एक ट्यांकर पानीको ३-५ हजार रूपैयाँसम्म असुलिरहेको छन् । त्यो पनि पिउनलायक छैन । पानी ट्यांकरहरूले कँहा कहाँबाट पानी उठाएर ल्याउँछन् जुन गुणस्तरहीन हुन्छ ।
पानी ट्यांकरहरूले आधा ट्यांकर पानी ल्याएर खसाल्छन् र पैसा भने पूरै लिन्छन् । अनुगमन छैन । वाटर प्युरिफाइ गरेर बेच्ने कम्पनीको हाल पनि यस्तै छ । एकजार पानीको ५०-८० रुपियाँ लिन्छन् । जार त सफा हुँदैन, वाटर कहाँबाट प्युरिफाइड हुनु । एउटा मिनिरल वाटर २५-३० रुपियाँ पर्छ भने मिनिरल वाटर जम्मा एक लिटरको हुन्छ । पानी ट्यांकरहरूले पानी बेचेबापत पैसा लिन्छन् बिल दिँदैनन् ।
मेलम्चीको पानी उपत्यका आउँदा यसबाट सबैभन्दा बढी छटपटी वाटर प्युरिफाइड कम्पनी र पानी ट्यांकर सञ्चालकहरूलाई भएको थियो । उनीहरूको मनमा अब जनता ठग्न नपाइने भो, हाम्रो बिजनेस व्यापार सुक्ने भयो भन्ने ठूलो पिर परेको थियो ।
मेलम्चीको पानी सस्तोमा उपभोग गर्न पाइने भो भनेर हर्षोउल्लास मनाएको उपत्यकाबासीहरूको खुसी पनि १ असार ०७८ का दिन मेलम्चीमा आएको बाढीसँगै डुब्यो । भन्नुको मतलब मेलम्चीमा गएको बाढीले उपत्यकामा पानी ल्याउने मुहान पनि बगायो ।
कमसल सामानको प्रयोग, र ठेकेदारको लापरबाहीले गर्दा पनि मेलम्चीको पानीको मुहान बग्यो । यसको अनुसन्धान हुन अझै बाँकी छ । मेलम्चीको पानी काठमाडौं नआउँदा यसको फाइदा केही निश्चित व्यक्तिलाई भए पनि हामी आमजनतालाई घाटा भएको छ । केही वर्ष अघि पानी बोक्ने ट्यांकरलाई सरकारले तीन भागमा वर्गीकरण गरेको थियो । चेकजाँच गरी खानयोग्य पानीलाई हरियो स्टिकर, नुहाउन प्रयोग हुने पानीलाई पहेँलो स्टिकर, र घर सफा गर्न प्रयोग हुने पानीलाई रातो स्टिकरमा विभाजन गरेको थियो ।
पानी उपभोग गर्ने उपभोक्तालाई त्यो पानी ट्यांकर कत्ति लिटरको छ भन्ने कुराको जानकारी हुँदैन । यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले पानी ट्यांकरले पानी ल्याएबापतको भाडा नतोक्दा पानी ल्याएबापतको लागत त्यस ट्यांकरको जिब्रोमा झन्डिएको हुन्छ । यसरी गुणस्तरहीन पानी बेचेर जनता ठग्दा पनि सम्बन्धित मन्त्रालयको ध्यान जान सकेको छैन । नेपालमा कत्ति वटा पानी ट्यांकर सञ्चालनमा छन् भन्ने कुराको डाटा यसको सम्बन्धित मन्त्रालयसँग पनि छैन होला । पानी ट्यांकरको साहुहरूसँग बुझ्दा र उनीहरूको भनाइ अनुसार उपत्यकामा ६६९ वटा पानी ट्यांकर सञ्चालनमा छन् । पानी बेच्ने चिज होइन । पानी सबैलाई चाहिन्छ । मानव जातिलाई मात्र नभएर बोटबिरुबा, पशुपन्छी र हरेक सजिवलाई दैनिक जीवनमा पानीको आवश्यकता पर्छ । जिउँदोलाई त पानी चाहिन्छ नै मर्दाखेरि पनि पानी चाहिन्छ ।
हामी बाटोघाटोमा हिँड्छौँ । कत्तिले बाटोघाटोमा हिँड्दा कत्ति जनाको घरको छतबाट पानी परेर लुगा बिग्रिएको पनि देखेका छौँ । घर बनाइसकेपछि छतमा जमेको पानी कहाँ व्यवस्थित गर्ने भन्ने जिम्मेवारी पनि त्यस घरधनीको हुन्छ । यसरी छतमा जमेको पानी बाटोमा फ्याँकिदिँदा बाटो हिँड्नेलाई निकै अवरोध हुन सक्छ । यस विषयमा पनि सम्बन्धित नगरपालिकाको ध्यान जान निकै जरुरी देखिन्छ ।

Published On: Time : 4:01:15  

तपाईको प्रतिक्रिया