खोप लगाए साउदी जान पाइने


काठमाडौं– साउदी अरबले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका व्यक्तिलाई साउदी प्रवेश गर्न दिने भएको छ । साउदी सरकारले खोपको पूरा मात्रा लगाएका व्यक्तिलाई देश भ्रमणको अनुमति दिइने निर्णय गरेको हो ।

यसअघि साउदीले विभिन्न देशका नागरिकलाई साउदी प्रवेशमा रोक लगाएको र अहिले खोपको मात्रा पूरा गरेकाहरूलाई प्रवेश दिने निर्णय भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामहरूले जनाएका छन् । साउदीले कोभिडको नयाँ भेरिएन्ट देखिएपछि धेरै देशमा यात्रा प्रतिबन्ध लगाएको थियो । साउदी अरेबियाको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले सोमबार यस्तो निर्णय गरेको समाचारमा जनाइएको छ । मन्त्रालयले कोभिडविरुद्धको सतर्कताको एक अभियानका रूपमा यो नियम बनाएको जनाएको छ ।

साउदी सरकारले यही ९ अगस्टदेखि यो यात्रा प्रतिबन्ध फुकुवा हुने बताएको समाचारमा जनाइएको छ ।
यसअघि साउदीमा नयाँ भेरिएन्ट देखिएका कारण ठूलो संख्यामा संक्रमित देखिएका थिए । जसलाई नियन्त्रण गर्नका लागि सरकारले कडा लकडाउनको घोषणा गरेको थियो । पछिल्लो सयम संक्रमितको संख्या घटेसँगै यो निर्णय गरिएको बताइएको छ । साउदी १७ मेदेखि यात्रा प्रतिबन्ध लगाएको थियो ।

Published On: Time : 4:07:32  

तपाईको प्रतिक्रिया