म त मर्छु कि क्या हो को ट्रेलर रिलिज


काठमाडौं– चर्चित हाँस्य कलाकारहरू सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को अभिनय रहेको चलचित्र ‘म त मर्छु कि क्या हो’ को ट्रेलर सार्वजनिक भएको छ । धुर्मुस–सुन्तलीले नै निर्माण गरेको चलचित्रको ट्रेलर बुधबार सार्वजनिक गरिएको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुटिरहेका धुर्मस–सुन्तलीले यसबीचमा दुईवटा चलचित्र निर्माण गरेका छन् । यसअघि उनीहरूले ‘सेन्टिभाइरस’ निर्माण गरेका थिए ।
‘म त मर्छु कि क्या हो’ को तीन मिनेट लामो ट्रेलरमा धुर्म‘स र सुन्तलीको बैबाहिक जीवनमा आउने उचाव–चढावलाई प्रस्तुत गरिएको छ । चलचित्रमा सिताराम र कुञ्जना ‘मेरी बाँस्सै’ टेलिसिरियलमा निर्वाह गरेको धुर्म‘स–सुन्तलीकै भूमिका र गेटअपमा देखिएका छन् । चलचित्रको नाम पनि ‘मेरी बाँस्सै’मा धुर्मुसले प्रयोग गर्ने थेगो नै राखिएको छ ।
तराईका विभिन्न स्थानमा खिचिएको फिल्मलाई सुदीप बरालले छायांकन गरेका हुन् । फिल्मको लेखन र निर्देशन धुर्म‘स–सुन्तलीले संयुक्तरूपमा गरेका हुन् । चलचित्रमा धुर्म‘स र सुन्तलीसँगै बुद्धि तामाङ, विजय बराल, रवि गिरी, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइराला, बलदीप राईलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको स्क्रिनप्ले र डाइलग धुर्म‘स र सुन्तलीकै हो ।
मिलन श्रेष्ठले सम्पादन गरेको चलचित्रमा स्वेत्ना योञ्जनको कोरियोग्राफी छ । फिल्मले दर्शकलाई निराश नबनाउने कुञ्जनाको दाबी छ । सुरुमा वेब सिरिजको रूपमा ‘म त मर्छ‘ कि क्या हो’ को निर्माण गरिए पनि पछि मेकिङ उत्कृष्ट भएपछि वेब फिल्म बनाएको उनको बताइन् । यो फिल्म ओटिटी प्लेटफर्म ‘ओ हो मुभी’ मा रिलिज हुनेछ । तर, रिलिज हुने मिति भने घोषणा गरिएको छैन ।
०७२ सालमा गएको विनासकारी भूकम्पपछि सामाजिक कार्यमा सक्रिय रहेका धुर्म‘स–सुन्तलीले भरतपुर चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेका छन् । क्रिकेट रंगशालाको निर्माण सकिएपछि फेरि अभिनय क्ष्ँेत्रमै फर्किने धुर्मुस–सुन्तलीको तयारी छ ।

Published On: Time : 3:33:55  

तपाईको प्रतिक्रिया