सक्किगो नी आफ्नै च्यानलमा


काठमाडौं– चर्चित हाँस्यटेलिसिरियल ‘सक्किगो नी’ अन्ततः आफ्नै युट्युब च्यानलमार्फत् आउने भएको छ । यसअघि युट्युब राइटस् ओएसआर डिजिटलले लिएको थियो । ओएसआरसँगको सम्झौता अवधि सकिएको र नयाँ सम्झौता नभएका कारण ‘सक्किगो नी’को आफ्नै युट्युव च्यानल जेपिटी (जिग्री–पाँडे टिम) क्रिएसन अफिसियलबाट सार्वजनिक हुने भएको हो । अब ‘सक्किगो नी’को नयाँ शृंखला बिहीबार राति ८ बजे हिमालयन टेलिभिजन र ९ बजे जेपिटी क्रियसन अफिसियलबाट आउने भएको हो ।

ओएसआर डिजिटलसँगको ५२ भाग प्रसारणको सम्झौता मिति सकिएकाले अब आफ्नै युट्युबबाट प्रसारण गर्ने निर्णय गरिएको ‘सक्किगो नी’का कलाकार तथा निर्देशक कुमार कट्टेल ‘जिग्री’ले जानकारी दिए । ओएसआरसँग ५२ भागसम्मको सम्झौता थियो । तै पनि ६० भाग प्रसारण भइसकेको छ । ‘अब हाम्रो आफ्नै च्यानलमा ल्याउने निर्णय गरेका हौँ ’ कुमार कट्टेल ‘जिग्री’ले जेपिटी क्रियसन अफिसियलबाट आउनुको कारण खुलाए । लामो समयदेखि ‘सक्किगो नी’जस्तो सिरियल आफ्नै आधिकारिक युट्युब च्यानलबाट आउनुपर्ने शुभचिन्तकहरूको माग थियो ।

‘जिग्री’का अनुसार भविष्यमा कुनै युट्युब च्यानलसँग डिजिटिल राइटस्को सम्झौता नभएको खण्डमा जेपिटी क्रियसनबाटै आउने स्पष्ट पारे । आफ्नै आधिकारीक युट्युब च्यानलमार्फत आउने भएपछि आफूहरू थप हौसला र चुनौतीको रूपमा काम गर्न अगाडि बढेको टिमको भनाइ रहेको छ । पछिल्लो समयमा सिर्जना गर्ने सर्जकहरूको स्वामित्वमा सञ्चालित युट्युवमार्फत धेरै सिरियलहरू आउने क्रम सुरु भइसकेको भएता पनि ‘‘सक्किगो नी’’ भने अन्य युट्युबमार्फत नै प्रशारण भइरहेको थियो ।

Published On: Time : 3:09:06  

तपाईको प्रतिक्रिया