कांग्रेसको जगलाई बलियो बनाउने छु : भुसाल


चितवन–चितवनमा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएसँगै गाउँ÷नगर अधिवेशनको माहोल तातेको छ । कांग्रेसको परिमार्जित कार्यतालिका अनुसार आगामी असोज ९ गते देशभर कांग्रेसको गाउँ÷नगर अधिवेशन हुँदै छ ।
सोही क्रममा चितवन कांग्रेस सभापतिमा बलियो उम्मेदवारको रूपमा विजयराज शर्मा भुसाल मैदानमा उत्रिएका छन् । उनी समकालीन राजनीतिकर्मीहरूमा सबैभन्दा बढी लोकप्रिय छन् भने कांग्रेसका लागि उनले विद्यार्थीकालदेखि हालसम्म धेरै त्याग गरिसकेका छन् । आसन्न अधिवेशनमा उनले जिल्ला सभापतिमा उठ्ने घोषणा गरिसकेका छन् ।
भुसालले कांग्रेस राजनीतिमा ४ दशक लामो समय खर्चेका छन् । ०३६ सालदेखि राजनीति यात्रा शुरु गरेका भुसालले जिल्लाका बिभिन्न तहमा रहेर काम गरिसकेका छन् । उनले ०३६ सालमा तन्नेरी उमेरदेखि नेविसंघबाट राजनीति शुरु गरे । ‘म पहिलोपटक बिपी कोइरालाको भाषणबाट प्रभावित भएर कांग्रेसमा लागेको हुँ,’ उनले भने,‘त्यसपछि अहिलेसम्म म कांग्रेसमा निरन्तर लागिरहेको छु ।’ अब चितवन कांग्रेसलाई नयाँपन दिनका लागि म उम्मेदवार उठेको छु र सबै पक्षबाट सहयोग पुग्ने पूर्ण आसावादी छु ।
कांग्रेस नै जनताको खास पार्टी हो भन्ने जिल्लाबासीलाई महसुस गराउन र जनताको सुख–दुःखमा सधैँ सहयोगी बन्न आफूले सभापतिमा चुनाव जित्ने विश्वास व्यक्त गरे । भुसालले कांग्रेसका लागि भौतिक, आर्थिक र नैतिक रूपले धेरै सहयोग गर्दे आएका छन् । कांग्रेसका तत्कालिन सभापति सुशील कोइराला चितवनबाट चुनावमा उठ्दा आर्थिक र भौतिक रूपमा सबैभन्दा अगाडि बढेर सहयोग गर्न भुसाल नै खटिएका थिए । उनले सुशील कोइरालालाई आफ्नै घरमा राखे । चुनावमा आर्थिक रूपमा सहयोग गरे । दिनरात उनी चुनावी प्रचारमा खटिए । जतिबेला सुशील उठ्ने निर्वाचन क्षेत्रमा उनि स्वंय उठ्ने चर्चा थियो । तर, उनले श्रद्धेय नेतालाई आफ्नो दाबी छाडेर सुशील कोइरालाको प्रचारमा होमिए ।
भुसालले राजनीति रूपमा मात्र नभई आर्थिक रूपमा कांग्रेस पार्टीका, नेता र दुःख पाएका कार्यकर्तालाई ठूलो धनराशी सहयोग गर्दै आएका छन् । उनले पदको लोभ गरेनन् । उनी ०६२÷६३ सालको जनआन्दोलनमा चितवनको कार्यवाहक सभापतिको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् । उनले आफूभन्दा जुनियरलाई पनि मौका दिएर त्यागको उदाहरण देखाएका छन् । भुसाल पदभन्दा कर्तव्य ठूलो भएको भन्दै कांग्रेसमा निरन्तर खट्दै आएका छन् ।
‘धेरै साथीहरूको जोडबलले बेलाबेलामा कुनै न कुनै जिम्मेवारी सम्हाल्न त पुग्छु, तर, मैले पदका लागि जबर्जस्ती कहिल्यै गरिनँ,’ उनले भने, ‘मैले पदकै लागि अनेक खेल खेल्न जानिनँ ।’ पदका लागि मरिहत्ते नगर्दा पार्टीमा निरन्तर खट्दासमेत जिल्ला तहबाट माथि जान नसकिएको दुःखेसो उनको छ । अझै जिल्लाकै सेवामा खटिन मन भएकाले यसपाली सभापतिमा उम्मेदवार दिन लागेको उनले सुनाए ।
निष्ठा र कर्मको राजनीतिमा लागेर चितवनको उदाहरण बनेका भुसाललाई यसपाली जिल्ला सभापतिमा जिताउन कांग्रेसका अधिकांश कार्यकर्ताहरू खटिएका छन् । तत्कालिन मंगलपुर गाविसमा ५ मा सहसचिव, त्यसपछि क्षेत्रीय समितिको सचिवलगायत विभिन्न जिम्मेवारीमा उनले कुशतापूर्वक भूमिका निर्वाह गरेका छन् । ‘उनले आफू आस्था र निष्ठाका लागि’ लडेको बताए ।
‘बिपीको समाजबादलाई सधैँभर पछ्याउनेछु, यसपाली मलाई भोट दिएर चितवन कांग्रेसको सभापतिमा जिताउनुहोला ।’ सभापतिको पदमा बसेर चितवनको समग्र उन्नति र कांग्रेसलाई अझ गतिशिल बनाउन आफ्नो दायित्व हुने उनले बताए ।

Published On: Time : 1:52:47  

तपाईको प्रतिक्रिया