संविधान खारेजको माग गर्दै प्रदर्शन


बुटबल– संविधान जारी भएको ५ वर्ष नबित्दै संविधानविरुद्ध प्रदर्शन भएको छ । संविधान दिवसको अवसरमा वीर गोर्खाली अभियानले नेपालको संविधान ०७२ र एमसिसी सम्झौताको विरुद्ध बुटवलमा र्‍यालीसहित विशाल प्रदर्शन गरेको छ । बुटवलको मणिग्रामबाट सुरु भएको ¥याली नयाँमिल जोगिकुटी हुँदै गोलपार्कबाट ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
एमसिसी पास गर्न सरकारले अन्तर्राष्ट्रिय दबाब खेपिरहेको बेला संविधान र एमसिसीविरुद्ध वीर गोर्खालीले शनिबार बुटवलमा विशाल प्रदर्शन गरेपछि शेरबहादुर देउवा नेतृत्वको सरकारलाई मात्रै होइन सिङ्गो गणतान्त्रिक ब्यबस्थालाई समेत धक्का पुग्ने आयोजक पक्षको दाबी थियो ।
वीर गोर्खाली अभियानले गत वर्ष असोज २४ गते काठमाडौंबाट सुरु गरेको आन्दोलन कात्तिक १७ गते बुटवलमा हजारौँ मोटरसाइकलसहित प्रदर्शन गरे पश्चात देशब्यापी रूपमा ‘राजा आऊ, देश बचाऊ’ भन्दै प्रदर्शन गरेको थियो । राजा आऊ, देश बचाऊ’ भन्दै वीर गोर्खालीले देशभर प्रदर्शन गरेपछि तत्कालिन केपी ओली सरकारले सर्वदलीय बैठकसमेत बोलाएको थियो ।
२०७२ को संविधान खारेजी र एमसिसीविरुद्ध बुटवलको मणिग्राम चोकबाट ¥याली सहित वीर गोर्खाली अभियानले विशाल प्रदर्शन गरेपश्चात देउवा नेतृत्वको सरकारलाई सकस परेको छ । राजावादी संघ संगठनको सबैभन्दा ठूलो र शक्तिशाली मानिएको वीर गोर्खाली अभियाले अघिल्लो वर्ष काठमाडौं, बुटवल, चितवन, पोखरा, कोहलपुर, बिराटनगर, कपिलवस्तु, बर्दिया, सुर्खेत, दाङ, वीरगञ्ज, हेटौँडालगायत देशका ठूला सहरहरूमा विशाल प्रदर्शन गरेको थियो ।
कार्यक्रममा बोल्दै वीर गोर्खाली अगुवा वसन्तविक्रम पाण्डेले बाइबलरूपी अहिलेको संविधानले मुलुकलाई अस्थिरतातर्फ धकेलेको बताउँदै अब २०४७ सालको संविधानमा सबै फर्किनुको विकल्प नरहेको बताए ।
कार्यक्रम सञ्चालन गर्दै वीर गोर्खाली अगुवा सौरभ भण्डारीले भने, ‘विदेशीले लेखिदिएको संविधान भएकै कारण आज एमसिसीजस्तो राष्ट्रघाती सम्झौताले यो कथित संविधानलाई टाङमुनी छिराएको छ, त्यसैले यो संविधान खारेज गरेपछि एमसिसी संवतः खारेज हुन्छ ।’
कार्यक्रममा सहभागीलाई स्वागत गर्दै वीर गोर्खाली अगुवा चिरण क्षत्रीले राष्ट्रघातीहरूको विरुद्ध अग्र मोर्चामा रहेर लड्नु पर्ने परिस्थिति आएकोले तयारी अवस्थामा रहन आव्हान गरे । अर्का अगुवा दीपेन्द्र ढकालले भने, ‘गणतन्त्रले देश अफगानिस्तान र सिरियाको बाटोमा गएको छ त्यसैले त्यो परिस्थितिमा जान रोक्नका लागी सबैलाई वीर गोर्खालीको इतिहास दोहोर्याउनु परे पनि हामी तयार छौँ ।
देशको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताका लागि राष्ट्रिय एकतासहित राजसंस्था र हिन्दू राष्ट्र पुनस्थापनाको विकल्प नभएको भन्दै देशका विभिन्न स्थानमा स्वतःस्फूर्त रूपमा नागरिकको सडक संघर्ष बाक्लिएको छ ।
¥यालीमा करिब ५ हजारभन्दा बढी मोटरसाइकल सहभागी रहेको दाबी गरेको छ । कार्यक्रमलाई ब्यवस्थित गर्न वीर गोर्खाली अगुवाहरू रामु थापा, प्रवीण थापा, दुर्गा पाण्डे, विश्व अर्याल, सूर्यदेव राजावादी, हुसेन राजावादीलगायतको सक्रिय सहभागिता रहेको देखिएको छ ।

Published On: Time : 1:54:02  

तपाईको प्रतिक्रिया