वित्तीय क्षेत्रको ठगीधन्दा मौलाउँदो


बैंक, फाइनान्स अर्थात् जुनै पनि वित्तीय संस्थाहरूले घरजग्गा धितो राखेर ऋण लिएकाहरूलाई आफूखुसी ब्याज बढाउने गरेका छन् । ऋणीलाई जानकारी नै नगराई कर्जाको ब्याज वृद्धि गर्नेजस्ता काम वित्तीय संस्थाहरूले गरिरहेका छन् । ऋणीलाई किस्ता तिर्न गाह्रो बनाइदिन वित्तीय संस्थाहरूले यस्तो रणनीति अपनाएका हुन् । वित्तीय संस्थाहरूले ब्याजदर घटाएर, किस्ता तिर्ने अवधि बढाउनुको सट्टा यस्तो कार्य गर्नु उचित देखिँदैन । कर्जा लिएकालाई सहुलियत दिनुपर्ने ठाउँमा वित्तीय संस्थाहरूले उल्टो ब्याजदर बढाएर कर्जा तिर्नलाई अप्ठयारो बनाइदिएका छन् । जो मान्छेले आफ्नो अचल सम्पत्ति बैंक, फाइनान्सको नाममा पास गरेर ऋण लिएका हुन्छन् ।

ब्याज बढाइसकेपछि ऋणीले कर्जा तिर्न सक्दैन अनि त्यसको भएको जति सम्पत्ति हत्याउन सकिन्छ भनेर बैंक, फाइनान्सले यस्तो नराम्रो काम गरेको हुन्छन् । जनतालाई डुबाएर वित्तीय संस्थाहरूले लथालिंग बनाइदिन्छन् । तोकेको समयमा कर्जा तिर्न सकेन भनेर पत्रपत्रिकामा छापिदिन्छन् । उसको भएको धितो लिलाम गरिदिन्छन् । तैपनि सहकारी विभाग कानमा तेल हालेर बसेको छ । वित्तीय संस्थाहरूले यसरी जनता ठग्दा पनि अनुगमन किन गरिएन त ? नेपाल राष्ट्र बैंकले पनि यसमा ध्यान दिएको छैन । अर्थ मन्त्रालयको त कुरै नगरौँ । जति जनता ठगिए पनि अर्थ मन्त्रालयलाई फरक परेको छैन ।

हामीले बैंक फाइनान्समा पैसा राख्छौँ, ब्याज निकै न्यून पाउछौँ । तर हामीले डिपोजिट गरे जति रकम कर्जामा लियौँ भने त्यसको डबल ब्याज तिर्नुपर्छ । बैंक फाइनान्सबाट कर्जा लिएर काम गर्ने अधिकांश मान्छेहरू डुबेकै छन् । वित्तीय संस्थाबाट धेरै ऋण खाने मान्छेहरूले नै बैंक, फाइनान्सले हामीलाई डुबायो भन्छन् । वित्तीय संस्था भनेको पुँजीपति, सामन्ती र शोषकले चलाएको दलाली संस्था हो । पहिलापहिला गाउँघरतिर एकहजार रुपियाँको तीन हजार ब्याज लिन्थे यिनीहरू पनि त्यस्तै हुन् । वित्तीय संस्थाबाट ऋण लिएका र तिर्न गाह्रो भइरहेको मान्छेले दिने जवाफ हो यो ।

सेवा शुल्क लिएर महँगो ब्याजमा पैसा दिन्छन् । तैपनि हाम्रो धितो सम्पत्ति रोक्का गरेर । उनीहरूको नाममा पास गरेपछि मात्र लोन पाइन्छ । ब्याज तिर्न नसकेपछि वित्तीय संस्थाहरूले धितो लिलाम गरिदिन्छन् । यसरी वित्तीय संस्थाहरूले करोडपतिलाई रोडपति बनाइदिन्छन् । बैंक, फाइनान्सका सञ्चालकहरू ठग नै हो । यिनीहरूको व्यक्तिगत सम्पत्ति छानबिन गरेर कानुनको दायरामा ल्याउनै पर्छ । एउटासँग सस्तो ब्याजमा ल्याएर पैसा डिपोजिट गर्न लाउने अर्कोलाई त्यही पैसा महँगो ब्याजमा लगाउने । त्यही भएर त बैंक, फाइनान्सको कर्मचारी मोटाएका छन् ।

अरुलाई सडकमा पु¥याएर आफू चाहिँ आरामसंग घरमा बसेका छन् । सरकारले लुट् नै भनेर यस्तो संस्था सञ्चालन गर्न इजाजत दिएको हुन्छ जस्तो छ । बाहिरबाट हामीले सेवा दिएको भनेर विज्ञापन गरेका छन् तर यिनीहरूको खेल नै अर्कै छ । हामीले बैंक, फाइनान्समा पैसा राख्दा एउटा चेक पाउछौँ, ग्यारेन्टी स्वरूप । तर त्यति नै पैसा ऋण लिनका लागि कत्रो प्रोसेस पूरा गर्नुपर्छ । आफ्नो भएको जति अचल सम्पत्ति धितो राख्दा पनि हैरानीको पापड बेल्नै पर्छ । सहकारी विभाग वा सहकारी मन्त्रालयले आर्थिक लेनदेनमा जस्तो पनि मानिसहरूलाई बैंक, फाइनान्स सहकारी दर्ता गर्ने अनुमति दिन्छ । तर दर्ता गरेपछि अनुगमन गर्ने प्रचलन भने छैन ।

बैंक, फाइनान्सको हरेक वर्ष साधारण सभा हुन्छ । सहकारीहरूले साधारण सभा गर्दा सहकारी विभागको कर्मचारी, सरकारी कर्मचारी, कार्यालय प्रमुख, राजनीतिक दलका नेताहरू, मेयर पनि उपस्थित हुने गरेका छन् । राजनीतिक दलहरूले नै जनता ठग्ने सहकारीहरूको कार्यक्रम र साधारण सभा उद्घाटन गर्न गरेको पनि हाम्रै आँखा अगाडि छन् । कार्यक्रममा जाने गलाभरि माला लाउने । त्यही जनता ठग्ने सहकारीको सञ्चालकहरूको भाषण सुन्ने । राजनीतिक दलदेखि लिएर मेयर, वडाध्यक्ष सबैको काम नै यही हो । जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसी जब सहकारी मन्त्री थिए । उनले भनेको सत्य कुरा कतिलाई आज पनि याद नै होला । जनता ठग्ने, कालोधन्दा गर्ने कालो रकमलाई सेतो रकम बनाउने काम गर्छन् । म जनता ठग्ने सहकारीको साधारण सभा उद्घाटन गर्न जान्न भनेर चित्रबहादुर केसीले भनेका थिए ।

त्यति भनेपछि सहकारी महासंघले राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई भेटेर त्यो कार्यक्रममा उद्घाटनमा ल्याए । सहकारीको पहुँच माथिसम्म छ । यिनीहरूले जति लुटे पनि कसैले केही भन्दैनन् । भनेर उनले भनेका थिए । सहकारी मन्त्री त्यहाँ गएन् भने राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख ल्याएर उद्घाटन गराउँछन् । साधारण सभामा अतिथि बनाउँछन् । सांसद र मेयर वडाध्यक्ष फूलको माला पाउने, खाजा पनि खान पाउने र आफ्नो नाम चर्चामा आउने भएपछि सहकारीहरूको जस्तोसुकै सभामा पुग्छन् । सहकारीको उद्घाटन गर्न जानको लागि मेयर र वडाध्यक्षबीच हानाथाप हुने गर्छ ।
जनता ठग्ने सहकारीलाई साथ दिने नै नेताहरू हुन् । चित्रबहादुर केसीले भन्थे, ‘मलाई सुटकेस लिएर भेट्न आउथेँ तर म ‘चाहिँदैनँ भनेर फर्काइदिन्थेँ । सहकारी संस्थालाई कारबाही गर्नुपर्छ भन्दा त्यस्तो सहकारीहरूको साधारण सभामा उद्घाटन गर्न ‘जान्नँ’ भन्दा सहकारी व्यवसायीहरूको सहकारी महासंघ छ ।

सहकारी महासंघमा बस्ने अध्यक्षहरू राजनीतिक पार्टीको झोला बोकेर महिनापिच्छे पैसा उठाउँछन् । भ्रष्टाचार गर्ने, गलत काम गर्नेलाई महासंघले कारबाही गर्नुको सट्टा सहकारी महासंघमा बस्ने कार्यसमितिहरू गल्ती गर्ने सहकारीमा बस्नेसँग पैसा खाएर सहकारी महासंघले पनि कारबाही नगर्ने । सहकारी विभागलाई सहकारी महासंघले कारबाही गर्न दिँदैन । त्यही जनता ठग्ने सहकारीको आवाज लिएर सहकारी महासंघ डेलिकेसन जान्छन् । सहकारीको अध्यक्ष र चेयरमान बन्न धेरै केही गर्नु पर्दैन । कि त धेरै पुँजी हुनु पर्‍यो कि त शक्तिशाली पार्टीको झोले बन्नुपर्‍यो । राजनीतिक पार्टीलाई लेबी तिर्नुप¥यो । नेपालको राजनीतिक पार्टीहरू कमाएर राजनीति गर्न सक्दैनन् । कमाएर पार्टी चलाउन सक्दैनन् । हरेक क्षेत्रमा राजनीतिक संगठन खडा गर्छन् । यसमा सरकारी कर्मचारी पनि पछि परेका छैनन् । सरकारी कर्मचारीले पनि राजनीति गरेको छन् राजनीतिक संगठन खोलेको छन् ।

अन्य व्यवसाय गर्नेलाई पनि राजनीतिक संगठन खोल्ने दिइएको छ । तीबाट राजनीति पार्टीले लेभी र चन्दा उठाउने गरेको छन् । गलत काम गर्ने मान्छेलाई छुट दिएका छन । राजनीतिक पार्टीले पैसा लिन्छन् अनि गलत मान्छेलाई सरकारलाई कारबाही गर्नबाट रोक लगाउँछन् । हरेक क्षेत्रमा राजनीतिक संघसंस्था खाल्ने काम बन्द नहुनुन्जेल विकास होइन, विनाश हुन्छ । वित्तीय संस्थाहरू देशैभरि वा उपत्यकामा च्याउ उम्रेको जसरी उम्रिरहेको छ । वडापिच्छे यिनीहरूको शाखा छ । साधारण वर्गको पैसा डिपोजिट गर्ने सस्तो ब्याजमा राख्न लाउने ।

त्यही जनताको पैसा बैंक फाइनान्सका सञ्चालकहरूले कमिसन खाएर धितो राखेर कमसल कर्जा दिएर जनता ठगिरहेको छन् । बैक, फाइनान्सको सञ्चालकहरू जनताले राखेको पैसाले जग्गा किन्छन् । सस्तोमा किनेको प्लानिड. गरेर महँगोमा बेच्छन् । बैंक, फाइनान्स एक किसिमको दलाल पनि हुन् । दलाली गरेर कमाएका छन् । सहकारीले साधारण सभा होस् वा अडिट गर्दा होस् । आफ्नो हिसाब गरेर निक्लेको पैसा डिपोजिट गर्ने मान्छेलाई देखाउँदैनन् । अडिट गर्दा अडिटरलाई पैसा खान दिएर बैंकहरू यति करोड नाफा छ भनेर देखाउँछन् ।

हाम्रो आफ्नै भवन छ । यति वटा शाखा छ । वर्षमा यति करोड नाफा कमाएका छौँ भन्छन् । सेयर होल्डरलाई थोरै नाफा दिन्छन् । ब्याज कम दिन्छन् । सबै नाफा बोनसको नाममा त्यहीँकै कर्मचारी र चेयरम्यान बाँडेर खान्छन् । जनता ठग्ने, आफू बाँडेर बोनस खाने । यिनीहरू पैसा बेच्ने व्यापारी हुन् । जनतालाई केही नदिई जनताकै पैसाबाट यिनीहरूले मोजमस्ती गरेका छन् । १ लाखको पैसा सहकारीमा राख्छु भन्यो भने सहकारीका कर्मचारी घरमै आइपुग्छन् । कति प्रतिशत ब्याज दिने भनेर सोध्यो भने पटकपटक फोन आउँछ ।

२० लाख रुपियाँ दुई वर्षदेखि पाँच वर्ष मुद्धती खातामा राख्यो भने त्यस सहकारीको साधारण सभामा दोसल्ला ओडाउँछ । सहकारी बैंक, फाइनान्समा डिपोजिट भएको रकमको पनि राज्यलाई कर तिर्दैनन् । राजस्व छली गरिहेको छन् । अडिट गर्दा दुईवटा पेपर देखाउँछन् । जनताको पुँजी र लगानीको हिसाबकिताब देखाउँदैनन् । जुनचाहिँ अडिटले घुस खान्छ उसलाई अडिट गर्न दिन्छन् । प्रत्येक बैंक, फाइनान्सले वकिल सल्लाहकारको रूपमा राखेका हुन्छ । त्यो वकिलको सुझावमा आएर बैंक, फाइनान्सले जनता ठग्छ । कसैको सम्पत्ति लिलाम गर्छ ।

Published On: Time : 3:15:47  

तपाईको प्रतिक्रिया