न्यु डायमण्ड र आर्मीलाई उपाधि


काठमाडौं — साविक बिजेता विभागिय टोली एपिएफ क्लबलाई पराजित गर्दै होङ्गवान्जी न्यू डायमण्ड क्लबले वाईवाई डाईनामाईट एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ को उपाधीका साथ ट्रफी उचालेको छ । शनिबार सम्पन्न खेलमा डायमण्डले एपिएफ माथि ३–१ को जित निकाल्दै ट्रफी उचालेको हो । राष्ट्रिय खेलाडीहरूको बर्चस्व रहेको विभागिय टोली संग पहिलो सेट २४–२६ ले गुमाउन पुगेको डायमण्ड त्यस पछि सम्हालिंदै लगातार तीन सेट आफ्नो पक्षमा पार्दै उपाधी जित्न सफल भएको हो । दोश्रो सेटमा २५–२१ ले जित निकालेको डायमण्डले तेश्रो सेट २५–१७ र चौथो सेट २५–१५ ले जित्दै उपाधीलाई आफ्नो पक्षमा पारेको हो ।

सेनाको त्रिभुवन आर्मी क्लबले पुलिसलाई पराजित गदै तेश्रो स्थान प्राप्त गर्‍यो । सेनाले पुलिसलाई २५–१७, २५–२०, २५–१७ को सहज जित निकाल्दै तेश्रो स्थान सुरक्षित गर्न सफल भएको हो । महिला तर्फ न्यू डायमण्डकी प्रतिभा माली उत्कृष्ट खेलाडी चुनिईन् । यस्तै वेष्ट सर्भरमा सेनाकी संगम महतो, वेष्ट डिफेन्डरमा डायमण्डकै सलिना महर्जन, वेष्ट सेटरमा डायमण्डकी अरुणा शाही, वेष्ट स्पाईकरमा सेनाकी शान्ती थारु, वेष्ट ब्लकरमा एपिएफकी सरस्वती चौधरी घोषित भए । यस्तै डायमण्डका कुमार राई महिला तर्फको उत्कृष्ट प्रशिक्षक बन्न सफल भए ।

च्याम्पियन टोलीले नगद ४ लाख प्राप्त गर्‍यो भने उपबिजेता टोलीले नगद २ लाख सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे । यस्तै तेश्रो भएको सेनाको त्रिभुवन आर्मी क्लबले नगद १ लाख सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्‍यो । यस्तै उत्कृष्ट खेलाडीले नगद २५ हजारका साथै विधागत तर्फका सवैले जनही १० हजार ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

आर्मीले उचाल्यो ट्रफी
साविक बिजेता टिपटप हेल्प नेपाललाई ३–१ सेटमा पराजित गर्दै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले पुरुष तर्फको ट्रफीमा आफ्नो नाम लेखाउन सफल भएको छ । सेनाले जित हात पार्ने क्रममा पहिलो सेट २६–२४ को संघर्ष पूर्ण जित निकाल्यो । दोश्रो सेट १७–२५ ले हेल्प नेपाललाई सुम्पन पुगेको सेनाले तेश्रो सेटमा सम्हालिँदै २५–१८ ले आफ्नो पक्षमा पा¥यो । चौथो सेट निकैनै रोमाञ्चक रूपमा ३३–३१ को सघर्षपूर्ण जित निकाल्दै सेनाले ट्रफीलाई आफ्नो पकडमा लिएको हो ।

च्याम्पियन टोलीले नगद ४ लाख प्राप्त गर्‍यो भने उपबिजेता टोलीले नगद २ लाख सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे । दशरथ रङ्गशालमा भएको प्रतियोगिताको पुरुष तर्फ एपिएफ क्लबलाई ३–० ले पराजित गर्दै पुलिसले तेश्रो स्थान प्राप्त गर्‍यो । पुलिसले एपिएफलाई २५–१७, २५–१८ र २५–१४ को सहज जितका साथै नगद १ लाख प्राप्त गरेको हो । पुरुष तर्फ सेनाका मान बहादुर श्रेष्ठ उत्कृष्ट खेलाडी चुनिए । यस्तै वेष्ट सर्भरमा सेनाका दुर्गा खड्का, वेष्ट डिफेन्डरमा एपिएफका विनोद चन्द, वेष्ट सेटरमा पुलिसका ईम बहादुर राना, वेष्ट स्पाईकरमा हेल्प नेपालका विनित कुमार, वेष्ट ब्लकरमा सेनाका हरि अधिकारी घोषित भए ।

उत्कृष्ट खेलाडीले नगद २५ हजारका साथै विधागत तर्फका सवैले जनही १० हजार ट्रफी र प्रमाण पत्र प्राप्त गरे । बिजयी खेलाडीहरूलाई प्रमुख अतिथी नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं प्रतिनिधी सभाका साँसद जीवन राम श्रेष्ठ, साँसद विमल केडिया लगायतले पुरस्कार वितरण गरेका थिए ।

Published On: Time : 3:28:40  

तपाईको प्रतिक्रिया