कोरोना संक्रमित संख्या ओरालो लाग्दै


काठमाडौं– पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ५९१ संक्रमण देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नौ हजार ६९७ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पाइएको हो ।

सोमबार थपिएकासँगै देशभर सक्रिय संक्रमित ११ हजार ८७४ जना रहेका छन् । पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला चार र २०० भन्दा बढी संक्रमित भएका जिल्ला १७ रहेका छन् । पाँच सयभन्दा बढी संक्रमण हुने जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । संक्रमण दर १८.६ प्रतिशत रहेको छ ।

त्यस्तै प्रदेश नं १ मा ३१ महिलासहित ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ५३८ जनाको पिसिआर परीक्षण गर्दा ८८ र ६७ जनाको एन्टिजेन परीक्षण गर्दा नौ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये झापामा ३७, मोरङमा ३१, सुनसरीमा १४, इलाममा चार, उदयपुर र प्रदेश बाहिरका एक/एक जनामा संक्रमण पुष्टि भएको हो । स्थानीय तहअनुसार झापाको विर्तामोडमा १२, मेचीनगरमा नौ, शिवसताक्षीमा चार, कनकाईमा तीन, भद्रपुर, अर्जुनधारा दमक र कमल गाउँपालिकामा दुई/दुई, गौरादहमा एक, मोरङको विराटनगरमा २१, सुन्दरहरैचामा तीन, बुढीगङ्गामा दुई, कटहरी, पथरीशनिश्चरे, ग्रामथान, उर्लाबारी र सुनवर्षीमा एक/एक, सुनसरीको इटहरी र स्थानीय तह नखुलेकामा पाँच÷पाँच, धरानमा तीन, भोक्राहानरसिंहमा एक, इलामको रोङमा दुई, इलाम नगरपालिका र माईमा एक÷एक, उदयपुरको कटारी र प्रदेश बाहिरका एक÷एक जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

काभ्रेमा भने तीन दिनदेखि कोरोना संक्रमण देखिएको छैन । यस अवधिमा चार संक्रमणमुक्त भएको जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी) जनाएको छ । केही हप्तादेखि दैनिकरूपमा निरन्तर आरोलो लागिरहेको संक्रमणको संख्या तीन दिनयता शून्यमा झरेको हो । गत बिहीबार भने एकमा संक्रमण देखिएको तथा एक संक्रमणमुक्त भएको केन्द्रको तथ्यांकले देखाएको छ ।

Published On: Time : 6:37:47  

तपाईको प्रतिक्रिया