बढी श्रमिक पठाउने कम्पनी ‘प्रदेश इन्टरनेसनल’


काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनामा वैदेशिक रोजगारीका लागि विदेश पठाउने कम्पनीमध्ये १६ वटा कम्पनीले दुई सयभन्दा बढी श्रमिक विदेश पठाएका छन् । भदौ महिनामा ५ सय २७ वटा म्यानपावर कम्पनीले विदेशमा रोजगारीका लागि पठाएको र त्यसमध्ये १६ वटा कम्पन्नीले एक महिनाको अवधिमा दुई सयभन्दा बढी श्रमिकलाई रोजगारीका लागि विदेश पठाएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको हो ।

भदौ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएका ३६ हजार ४० मध्ये प्रदेश इन्टरनेशनल प्रालि.ले सबैभन्दा बढी ८०५ जनालाई रोजगारीका लागि विदेश पठाएको विभागको तथ्यांकले देखाएको छ । भदौ महिनामा गएका ३६ हजार ४० जनामध्ये ३४ हजार २१८ पुरुष र १ हजार ८२२ जना महिला रहेको विभागको तथ्यांकमा उल्लेख छ । त्यस्तै भदौ महिनामा एसो.ओ.एस म्यानपावर सर्भिसेज प्रालिबाट ६५२ जना विदेश गएको तथ्यांकले देखाएको छ । त्यस्तै, एडभान्स म्यानेजम्यान्ट कन्सल्टेन्सीमार्फत ४८२ जना विदेश गएको विभागले जनाएको छ ।
यस्तै, एक महिनामा दुई सय पठाउने म्यानपावर कम्पनीहरूमा डाइमण्ड स्टार ओभरसिजले ४२० जना पठाएको छ ।

कालिन्चोक म्यानपावरबाट ३९४ जनाले विदेश गएको बताइएको छ । सान नेपाल प्रालिबाट एक महिनाको समयमा ३८५ जना विदेश गएको विभागले जनाएको छ । साउण्ड लिंकबाट ३८२ जना विदेश गएका छन् । त्यस्तै अलसमिट म्यानपावर कम्पनीबाट ३२२ जना, अक्फोर्ड इन्टरनेसनलबाट ३१०, फैजल इन्टरनेसनलबाट २५५, एल आयुनी ओभरसिजबाट २६३ जना विदेश गएको तथ्यांकमा उल्लेख गरिएको छ ।
त्यस्तै, मोभिरा भर्ति परामर्श सेवाबाट २५१, एएस अन्तर्राष्ट्रिय समूहबाट २४३ जना, लिंक इन्टरनेशनल प्लेसमेन्ट सेवाबाट २२३, ओशो भर्ति एजेन्सीमार्फत २१३ र रेड कोरल एसोसिएट्सबाट २०७ जना विदेश गएको देखिएको छ । भदौ महिनामा ५२७ वटा म्यानपावरले विदेशमा श्रमिक पठाएका छन् ।

यसैबीच, २७ वटा म्यानपावरले १–१ जना व्यक्ति विदेश पठाएका छन् । त्यस्तै २–२ जना श्रमिक पठाउने म्यानपावर कम्पनीको संख्या २८ रहेको देखिएको छ । त्यस्तै १५ वटाले ३–३ जना श्रमिकलाई भदौ महिनामा विदेश पठाएको देखिएको छ । ५८ वटा म्यानपावरले एक सयभन्दा बढी श्रमिक विदेश पठाएका छन् ।

Published On: Time : 6:47:07  

तपाईको प्रतिक्रिया