अर्थमाला सहकारीको उद्घाटन


काठमाडौं– सहकारीहरूको भिडमा अर्को एक सहकारी थपिएको छ । शनिबार अर्थमाला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको उद्घाटन गरिएको हो । काठमाडौं महानगरपालिका वडा नम्बर ७ चाबहिल गणेशस्थानमा कार्यालय रहेको संस्थाको शनिबार एक कार्यक्रमका विच उद्घाटन भएको र आइतबार देखि नियमिति कारोबार हुने सहकारीका अध्यक्ष शिवराज खरेलले बताएका छन् ।

लामो छलफलपछि संस्था स्थापना गर्नमा सफलता मिलेको भन्दै आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यका साथ संस्था स्थापना गरिएको उनले बताए । सो बहुउद्देश्यीय सहकारी संस्थाको जेष्ठ नागरिक जनक प्रसाद खनालले रिवन काटेर उद्घाटन गरेका थिए । प्रविधिको उच्चतम प्रयोगबाट सेवामा थप सहजता प्रदान गर्दै प्रविधि मैत्री संस्थाको रूपमा विकास गर्ने, पुँजी वृद्धि गरेर वित्तिय रूपमा सस्थालाई विकास गर्ने र वित्तिय कारोबारलाई थप व्यवसायिक बनाउने उद्देश्यका साथ संस्थाको स्थापन गरिएको अध्यक्ष खरेलले बताएका छन् । संस्थाले विभिन्न किसिमका खाता मार्फत सेवा प्रदान गर्ने र दैनिक एक सय २५ रूपैँया देखि दैनिक ५ हजारसम्म बचत गर्न सकिने बताएको छ ।

संस्थाले नारी बचत योजना, ३६५ दिने बचत योजना, अर्थमाला प्रगतिशित बचत योजना, मुद्दती बचत योजना, बाल बचत योजना, जेष्ठ नागरिक बचत योजना सञ्चालनमा ल्याएको जनाएको छ । मुद्दती बचत योजनामा बार्षिक १२.५ प्रतिशत ब्याज प्रदान गरिने र ३–३ महिनामा ब्याज भुक्तानिको सुविधा रहेको अध्यक्ष खरेलले बताएका छन् । ‘गाह्रो थियो पहिला धेरै दुई छाक टार्न सहकारी कै कारण आज छैन साहुको चर्को व्याज तिर्न ।’ भन्ने संस्थाको मुल नारा रहेको छ ।

Published On: Time : 2:43:55  

तपाईको प्रतिक्रिया