तलब नदिने ३ सय १४ कम्पनीलाई कारबाही


काठमाडौं– कतारमा विदेशी श्रमिकलाई तलब नदिने ३ सय १४ वटा कम्पनी कारबाहीमा परेका छन् । गत १ अक्टोबरदेखि १५ नोभेम्बरसम्मको अवधिमा ती कम्पनीहरूलाई आवश्यक कारबाहीका लागि श्रम मन्त्रालयले सिफारिस गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

समाचारमा जनाइएअनुसार त्यसरी कारबाहीको सिफारिसमा परेका कम्पनीहरूमा अधिकांश निर्माण र सार्वजनिक सेवाका क्षेत्रमा काम गर्ने कम्पनी रहेका छन् । ती कम्पनीहरूले त्यहाँ रोजगारी गर्ने विदेशी श्रमिकलाई समयमा तलब नदिएको वा तलब नै नदिएको पाइएपछि कारबाही गरिएको जनाइएको छ ।

समाचारमा जनाइएअनुसार त्यहाँको श्रम मन्त्रालय विदेशी श्रमिकले समयमा तलब पाउनु पर्ने र उनीहरूको अधिकारका विषयमा सचेत रहेको भन्दै यस्तो अनुगमन निरन्तर हुने जनाइएको छ । कतारमा विदेशी श्रमिकमाथि शोषण जारी रहेको भन्दै एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच, आइटियुसीलगायत संस्थाले निरन्तर आवाज उठाउँदै आएका छन् ।

Published On: Time : 3:07:10  

तपाईको प्रतिक्रिया