दुबईमा प्रितम र सारा रोमान्टिक बन्दै


काठमाडौं– फिल्म ‘गुञ्जन’ को एक गीत खिच्न निर्माण टिम दुबई पुगेको छ । ‘सास चल्छ पल पल तिम्रै मायाको’ बोलको गीत छायांकनका लागि निर्देशक अष्ट महर्जन, निर्माता हिराकृष्ण महर्जन, नव–नायक प्रितमराज सेन्चुरी र नायिका सारा सिर्पालीसहितको टोली दुबई पुगेको हो । निर्माण टिमले छायांकन स्थलबाट सार्वजनिक गरेको तस्विरहरूमा सारा र प्रितम रोमान्टिक अवतार देखिएका छन् ।

दुबईको विभिन्न आकर्षक लोकेसनमा छायांकन भइरहेको उक्त गीतमा कबिराज गहतराजको कोरियोग्राफी र विदुर पाण्डेको छायांकन रहेको छ । विगत दुई दशकदेखि नेपाली फिल्ममा द्वन्द्व निर्देशन गर्दै आएका अष्टले यो फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् । आफूले नेपाली फिल्म क्षेत्रबाट सिकेको र जानेको सबै ज्ञान, सिप र अनुभवलाई फिल्म ‘गुञ्जन’ मा खन्याएको उनले बताए ।

प्रेमकथामा बनेको फिल्ममा सारा र प्रितमराजको अलवा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङताङ, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतको अभिनय छ । प्रितमले यही फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् । फिल्मको काठमाडौं, पोखरा, जोमसोम क्षेत्रमा छायांकन भएको छ ।

राजु श्रेष्ठको छायांकन, बिपिन मल्लको सम्पादन, कबिराज गहतराजको नृत्य निर्देशन र कल्याण सिंह, अर्ज‘न पोखरेल र करणराज कार्कीको संगीत रहेको यो फिल्ममा हिराकृष्ण शाही प्रस्तुकर्ता, सुनिता शाही निर्मातामा छन् । ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा अभिनेत्री नीता ढुंगानाले ‘कोही भन्छन् रसिली छु रे’ बोलको गीतमा आकर्षक आइटम डान्स गरेकी छन् ।

Published On: Time : 2:34:33  

तपाईको प्रतिक्रिया