पुनः श्रम स्विकृति प्रभावकारी बनाउन निर्देशन


काठमाडौं– सरकारले पुनः श्रम स्विकृतिको काम प्रभावकारी बनाउन निर्देशन दिएको छ । वैदेशिक रोजगारीमा जानेका लागि पुनः श्रम स्विकृतिबारेमा गुनासो बढेको भन्दै सरकारले सो कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएको हो ।

श्रम स्विकृति नवीकरण छिटो छरितो नहुँदा आफूहरूले सास्ती खेप्नुपरेको सेवाग्राहीको गुनासो बढेको र यसलाई सम्बोधन गर्न वैदेशिक रोजगार कार्यालयले ताहाचलमा रहेको श्रमग्रामलाई निर्देशन सहितको प्रत्र पठाएको छ । विभागले गुनासो बढेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पठाएको चारबुँदे निर्देशनसहितको पत्र वैदेशिक रोजगार कार्यालय ताहाचललाई पठाएको हो । मन्त्रालयले विभागलाई र विभागले ताहाचल कार्यालयलाई पठाएको पत्रमा आवश्यकताअनुसार भाषा अनुवादककोमा पठाउने व्यवस्था मिलाउन, अनलाइन टोकन प्रणालीमा संख्या बढाउन र चापअनुसार अफलाइन टोकनको आधारमा पनि काम गर्न, सहायता कक्ष स्थापना गर्न तथा दुई सिफ्टमा सेवा प्रवाहको व्यवस्था मिलाउन निर्देशन गरिएको छ ।

विदेश जाने युवाले भोग्ने सास्ती कम गर्न श्रम स्विकृति लिने प्रक्रियागत काम आधा घटाइएको र यसले गर्दा घन्टौँ लाइन बस्नुपर्ने बाध्यता रहेको भन्दै यो निर्देन कार्यान्वयन भएको खण्डमा सास्ती कम हुने विश्वास गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको निर्देशनअनुसार श्रम स्विकृति, पुनः श्रम स्विकृति र बायोमेट्रिकका सेवाग्राहीको भीड हुने भएकाले आवश्यकताअनुसार दुई सिफ्टमा सेवा प्रवाह गर्न भनिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गएको १ मंसिरमा वैदेशिक रोजगार कार्यालय ताहाचलमा अनुगमन गरी सेवालाई व्यवस्थित र पारदर्शी गर्न निर्देशन दिएका थिए ।

Published On: Time : 2:45:13  

तपाईको प्रतिक्रिया